२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनको भाउले इतिहास तोड्दै अहिलेसम्मकै महंगो, कति छ आजको भाउ ?

२०७६, ६ असार शुक्रबार ०६:४७

असार ६, काठमाडौँ | नेपाली बजारमा सुनको भाउले इतिहास तोडेको छ । सुनको भाउ आज प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ हुँदा तेजावी सुनको भाउ ६४ हजार ७ सय तोकिएको छ । 

छापावाल सुनको भाउ हिजो ६४ हजार रुपैयाँ निर्धारण भएको थियो । एकै दिनमा १ हजारले बढेको छ । 

अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेकाले नेपालमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

Source: http://www.fenegosida.org/

यस्तै इरान र अमेरिकाबीचको तनावका कारण पनि लगानीकर्ता सुरक्षित हुन थालेकाले सुन महंगो भएको व्यवसायीले बताएका छन् । 

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेकाले तोलाको ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । 

यसअघि २०७० साल भदौ १२ गते र २०७५ फागुन ८ गते नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि हिजो बिहीबार नेपाली बजारमा सुनको भाउले त्यो रेकर्ड तोड्दै ६४ हजार पुगेको थियो । आज एकै दिनमा १ हजारले  बढेपछी सुनको भाउले अर्को नयाँ रेकर्ड राखेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना