असार ६, काठमाडौं । बिहिबार सर्लाहीमा प्रहरी र विप्लव बीच भएको भिडन्तमा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु बारे मानव अधिकार आयोगले अनुसन्धान थालेको छ |
सर्लाही नगरपालिका १ मा भएको भनिएको भिडन्तमा नेकपा लिप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।
आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीयकार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको छ । टोलीले तत्कालै आयोगमा प्रतिवेदन पेश गर्नेछ ।