२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी तीनदिनसम्म (असार ९ गतेसम्म) को मौषम यस्तो रहनेछ

२०७६, ७ असार शनिबार ०६:३०

असार ७, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिन सम्मको मौषम पूर्वानुमान अनुसार आज दिउँसो देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ।  साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

असार ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार ९ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका तराईका भू-भागहरूमा र पश्चिमि नेपालमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। दिउँसोपख मध्य भू-भागका केहि क्षेत्र बाहेक देशका अन्य भू-भागहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशका पूर्वि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदलि रहि देशका पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पू्र्व केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

यसरी हुन्छ मौसम अनुमान

मौसमविदले परम्परागत विधिसँगै अहिले आधुनिक प्रविधिको पनि प्रयोग गरि मौषम पूर्वानुमान गर्छन् । कम्प्युटर भूउपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ । जसको लागि केहि बर्ष यतादेखि स्याटेलाइट इमेजको प्रयोग हुने गरेको छ । त्यस्तै दुई/तीन वर्ष अघिदेखि एनडब्ल्यूपी अर्थात सिष्टम न्युमेरिकल वेदर पेडिक्सनको पनि प्रयोग हुन थालेको छ । यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गरिन्छ । नेपालमा मौशमविदहरुले मौषम पूर्वानुमान गर्दा देशलाई तीन भागमा अर्थात् पश्चिम, मध्य र पूर्वी भेग मानेर पूर्वानुमान गर्छन । 

मौसमविदका अनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका बिभिन्न स्ट्यान्डर्सका तथ्याँक लिएर मौसमी हरहिसाब गरिन्छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग गरेर पूर्वानुमान गरिने हुँदा मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना