2026-09-13 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको शव परिवारजनले बुझे

असार ७, जनकपुर | विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको शव परिवारजनले तीन दिन पछि आज सनिबार बुझेका छन् । 

पौडेलको बिहीवार प्रहरीको गोली लागि मृत्यु भएको थियो ।  पौडेलको शव मृतक पौडेलका परिवारजनले जिल्ला अस्पताल मलंगवाबाट बुझेका हुन् । 

सर्लाहीको सदरमुकाम मलंगवाबाट उनको शव बागमती वडा नम्बर २ धरहरा स्थित गृह निवासमा ल्याइएको मानवअधिकारकर्मीहरुले जानकारी दिए ।

पौडेलको शवलाई घरमा पुर्‍याएपछि आफन्तजन तथा शुभचिन्तकले अन्तिम श्रद्धाञ्जली दिन आजै  बागमती नदीमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । 

बिहीबार दिउँसो लालबन्दी वडा नम्बर १ लखन्देही  खोलादेखि पूर्वको जंगलमा गस्तीमा गएको प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको दावी छ । प्रहरीले झडपमा गोलि लागि मृत्यु भएको भनेपनि परिवारजनले भने प्रहरी पक्राउ गरि षड्यन्त्रपूर्वक मारेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन