२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला क्रिकेट सङ्घमा भट्ट

८ असार २०७६, आईतवार ०६:१५

असार ८, बैतडी । दार्चुला क्रिकेट सङ्घको पाँचौँ जिल्ला अधिवेशन तथा विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । सदरमुकामस्थित खलङ्गामा सम्पन्न साधारणसभाले देवेन्द्र भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

  समितिको उपाध्यक्षमा भुवन जोशी, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा भोजराज जोशी चयन भएका छन् । यस्तै सदस्यमा खड्कसिंह लोथ्याल, नितिश भट्ट, कैलाशसिंह ठगुन्ना, धनेन्द्रसिंह धामी, विक्रमसिंह बडाल, हर्कबहादुर ठगुन्ना, जयन्ती भट्ट, इन्द्रदेव पन्त र प्रकाशसिंह नबियाल रहेका छन् ।

 यस्तै केन्द्रीय प्रतिनिधिमा जयन्ती भट्ट चयन भएकी छन् । प्रदेश प्रतिनिधिमा दिनेश मल्ल, खड्कसिंह लोथ्याल, देवेन्द्र भट्ट र धमेन्द्रसिंह धामी सर्वसम्मत रूपमा चयन भएका छन् ।

 साधारणसभा दार्चुला क्रिकेट सङ्घका निवर्तमान अध्यक्ष देवेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको हो । यस्तै साधारणसभामा दार्चुला खेलकूद विकास समितिका सदस्य सुरेन्द्रबहादुर बम, अधिवक्ताद्वय धीरेन्द्र साउद, हरिचन्द्र जोशीलगायतको उपस्थिति थियो ।

 नेपाल क्रिकेट सङ्घको विधान २०५५ (संशोधनसहित) को धारा २२ (३) बमोजिम गठन भएको पाँच सदस्यीय ‘स्वतन्त्र टोली’ ले विधानको धारा २३ (५) बमोजिम विस्तृत अध्ययन गरी तयार गरेको प्रतिवेदनमा दार्चुला अपर्याप्त सदस्य भएको र सदस्यता खारेज भएको जिल्लामा परेको भए पनि एक मौका दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला