२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सात महिनापछि एम्बुलेन्स पुनह संचालनमा

८ असार २०७६, आईतवार १०:४५

असार ८, डोटी | जिल्लाको जोरायल गाउँपालिकामा सात महीनादेखि थन्किएको एम्बुलेस पुनःसञ्चालनमा आएको छ । ‘सात महीनादेखि थन्कियो एम्बुलेन्स’भन्ने समाचार यही असार ६ गते राष्ट्रिय समाचार समितिमा प्रकाशित भएपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो ।

 एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले सात महीनादेखि सञ्चालन गर्न मानेको थिएन । समाचार प्रकाशित भएपछि काङ्ग्रेस नेताको नाम हटाइने सहमति भई एम्बुलेन्स सञ्चालनमा आएको स्थानीय विजयप्रकाश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक खिचातानीका कारण एम्बुलेन्स थन्किएको थियो, समाचार प्रकाशित भएपछि सबै ठाउँबाट दबाब आयो, अब एम्बुलेन्स चल्ने सहमति भएको हो ।”

थन्किएको एम्बुलेन्स चलाउने सहमति भएपछि अहिले गाउँपालिकाले एम्बुलेन्स चलाउन लोकेन्द्र छेडाल नाम गरेका चालकलाई नियुक्त गरेर मर्मतका लागि कैलालीस्थित गाडी मर्मत ग्यारेजमा पठाएको गाउँपालिकाका कार्यकारी प्रमुख समीर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आपसी विवादले एम्बुलेन्स थन्किएको थियो, अहिले सहमति भएपछि मर्मतका लागि एम्बुलेन्स कैलाली पठाएका छौँ, अब निरन्तर सञ्चालन हुनेछ ।”उक्त एम्बुलेन्समा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरीद गरेको उल्लेख गरिएको थियो । नेपाली काङ्ग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले सात महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा एम्बुलेन्स थन्काएको थियो । 

थन्किएको एम्बुलेन्स चल्ने भएपछि सुविधा पाउने भन्दै जोरायलका स्थानीय खुशी भएको गाउँपालिका–२ बुडरका स्थानीय भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स थन्किँदा हामीलाई साह्रै समस्या भएको थियो, बिरामी लैजान बाहिरबाट गाडी मगाउनुपथ्र्यो, अब आफ्नै एम्बुलेन्स चल्ने भयो खुशी छौँ हामी ।”उक्त एम्बुलेन्स गएको पुसको दोस्रो साता काङ्ग्रेस नेता विष्टले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको थियो । बडिकेदार गाउँपालिकामा भने एम्बुलेन्स सेवा पहिलेदेखि नै शुरु भइसकेको थियो । अमेरिका–नेपाल सम्पर्क समितिका सभापतिसमेत रहनुभएका नेता विष्ट जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी पनि हुनुहुन्छ । नेता विष्टले गाउँपालिकालाई विभिन्न दाता तथा अमेरिकामा रहेको आमा फाउण्डेसनबाट सहयोग जुटाएर प्रतिएम्बुलेन्स रु ११ लाख पर्ने दुई एम्बुलेन्स खरीद गर्नुभएको बताइएको छ । ती एम्बुलेन्स खरीद गर्दा नेपाल सरकारले गाउँपालिकाको सिफारिशमा कर मिनाहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा