2026-09-03 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि अझै बैंक पुगेनन्

असार १०, डोल्पा | डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ ।  स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी चार वटा गाउँपालिकामा तोकिएका बैंकले अझै आफ्ना शाखा स्थापना नगर्दा दैनिक कारोवारका लागि सदरमुकाम बस्नुपरेको हो । 

डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका लागि राष्ट्रिय वाणिज्य बैंकलाई तोकिएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा प्रभु बैंक, काइके गाउँपालिकामा नेपाल बैंकको शाखा विस्तार गर्ने भनिएको छ । सुरक्षाको कारण देखाउँदै बैंक उपल्लो डोल्पाका नमानेको स्थानीय सरकारको प्रमुखले बताएका छन् । बैंक स्थापनाका लागि बारम्बार ताकेता गर्दा बैंकले साल्दाङमा स्थायी प्रहरी चौकी नबसुन्जेलसम्म बैंकको शाखा स्थापना गर्न नसकिने जवाफ दिएको शे–फोक्सुण्डो गाउँपालिका–८ पुग्मका आङबहादुर लामाले बताउनुभयो ।

शे–फोक्सुण्डो गाउँपालिकामा साउनभित्र बैंकको शाखा स्थापना गर्ने प्रभु बैंकसँग सहमति भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकले पनि डोल्पोबुद्ध गाउँपालिकाको धो र छार्का ताङसोङ गाउँपालिकाको छार्कामा बैंक स्थापनाका लागि अध्ययन गर्न जेठ दोस्रो हप्तातिर बैंकको टोली पठाएको थियो । धो पुगेको उक्त टोलीका सदस्यलाई लेक लागेर उद्धार गरी झार्नु परेपछि ती गाउँपालिकामा बैंक स्थापनाको काम झनै अन्योल बनेको डोल्पोबुद्ध गाउँपालिकाले बताएको छ ।

डोल्पाका आठ स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहमा मात्र बैंक स्थापना भई सञ्चालन भएका छन् । ठूलीभेरी नगरपालिकामा नेपाल बैंक लिमिटेड पहिले नै सञ्चालनमा थियो भने त्रिपुरासुन्दरी नगरपालिकामा माछापुच्छे«बैंक, जगदुल्ला गाउँपालिकामा नेपाल बैंक लिमिटेड र मुड्केचुला गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएर काम भएका छन् । 

बैंक स्थापना नभएका स्थानीय तहको काम हप्ता लगाएर अझै जिल्ला सदरमुकाम दुनै आएर काम गर्नुपर्दा निकै सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन् । सङ्घ र प्रदेशबाट आएका विकास निर्माण तथा स्थानीय तहका सम्पूर्ण आर्थिक गतिविधि सञ्चालनका सदरमुकाम दुनै आउनु पर्दा समस्य मात्र भएको छैन, जाँदा सुरक्षाको चुनौतीसमेत थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही