२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

परपुरुष संग लसपसको आरोपमा घर निकाला

२०७२, २६ भाद्र शनिबार ०२:०४

प्रेम सुनार/भदौ २६, गुल्मी । गुल्मीकी एक महिला परपुरुष संग लसपस गरेको आरोपमा झण्डै एक महिना देखि घर निकला भएकी छन् । रेसुङ्गा नगरपालिका–४ सेउवाकी २६ वर्षिया अम्वीका कुँवर नाम परिवर्तन अलपत्र परेकी हुन् ।

गत साउन ७ गते साँझ तम्घासबाट सामानहरु ल्याई दिएर आएका जिपका चालक र आफु विच अनैतिक सम्वन्ध रहेको आरोप लगाएर पहिल्लै देखि रिस–ईवी साँधेका जेठाजु र जेठानी दिदी लगायतले घर निकला गर्ने षडयन्त्र गरेको ति महिलाले बताउँदै आएकी छन् ।

‘त्यस दिन साँझ तम्घासबाट घरयासी सामनहरु किनेर जिपमा लिएर आएकी थिएँ घर देखि तल समानहरु ओराले पछि ति डाईभरले पनि घर सम्म सामानहरु बोकेर ल्याई दिए ’ –ति महिलाले भनिन् –‘त्यसरी समान ल्याई दिएर आएको मान्छेलाई एक्कासी हातपात गरियो र हल्ला–खल्ला गरियो । ’

उनले रुदै भनिन् –‘श्रीमान ताराबहादुर कुँवर नेपाली सेनाबाट सुडानस्थि शान्ति सेनामा जानु भएको थियो । उहाँ आउने बेला भई रहेको बेला हामी श्रीमान श्रीमति विच फाटो पार्नका लागि दलनामा चिया पिएर बसेका ति डाईभरलाई छिमेकी समेत गुहारेर निर्घात कुटपिट गरियो । त्यस पछि उनका कपडाहरु आँगनमा खोली मेरो कोठा भित्र फालियो र उनिलाई म संग लसपस गर्न आएको झुटो आरोप लगाईयो । ’

ति डाईभर संग सम्पर्क गर्दा उनले पनि उनिहरु विचको पुरानो रिस–ईवीले गर्दा म आफुलाई विना कारण निर्घात कुटपिट गरिएको बताए । ‘उहाँले तम्घासबाट खसी –बाख्रालाई बोराहरुमा दान र अन्य घरयासी सामानहरु धेरै लिएर आउनु भएको थियो मैले ओरालेर उहाँको आग्राहमा घर सम्म बोकेर लयाई दिएको थिएँ’– उनले भने–‘ चिया पिएर जानुस् भन्नु भयो र भर्खर पिउन थालेको थिएँ एक्कासी म माथी आक्रमण गरियो ।’

त्यसको भोली पल्ट ति महिलालाई जिल्ला प्रहरी कार्यालयमा ल्याउँदा पनि उनका छिमेकी दर्जनौ महिलाहरुले सार्वजानिक स्थानमा चरित्र हत्या गर्दै दुव्र्यवहार गरी रहेका थिए । तम्घास चिदीचौर जस्तो सार्वजानिक स्थनमा उनलाई एक्लो पारेर बोल्न समेत दिईएको थिएन् । दुई–तिन दिन सम्म चलेको छलफलमा न ति डाईभरले त्यो आरोप स्वीकार गरे न त ति महिलाले नै । अन्ततः जिल्ला प्रहरी कार्यालयले प्रमाण नपुगेको भन्दै उनिहरुलाई पठाएको थियो ।

त्यसो त गत वर्ष घरमा वहिनीलाई भेट्न आएका उनका आफ्नै दाजुलाई समेत कुन नाठो ल्याएर घरमा राखिस् भन्दैै ति दाजुलाई पनि तिनै जेठाजु जेठानी दिदीले निर्घात कुट पिट गरेको स्थानियवासी बताउ छन् ।

त्यस विरुद्ध जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी परेको थियो र ति जेठाजुले २ हजार जरिवान सहित माफी मगाएर मिलाईएको थियो । ‘त्यसरी आफ्नै दाजुलाई समेत नाठो लगाएर घरमा कुटेका थिए’– उनले भनिन्–‘ मैलै त्यति मात्र होईन् विहे भएको ११ वर्ष भयो अहिले सम्म उनिहरुबाट ठुलो तप्केनी खेप्दै छु । ’ उनले थपिन्–‘चार वर्ष अघि देवारले समेत मलाई कुटेका थिए । त्यति वेला विष्णुकुमारी सापकोटा लगायतका महिला अधिकारकर्मीहरुले मिलाएका थिए ।’

स्थानियवासीका अनुसार ति जेठाजु र जेठानी दिदी विच लामो समय देखि वोलचाल नै थिएन् । उनिहरु विच सधै जसो झगडा हुने गर्दथ्यो । त्यस कारणले पनि उक्त दिन ति महिला र डाईभरलाई सुुनियोजित रुपमा फसाईएको हुन सक्ने अधिकारकर्मीहरु बताउ छन् । उनि माथी पटक पटक गाली बेईजती र कुटपिट हुने गरेका घटनाहरु आफुहरुले मिलाएको भन्दै यहाँका केहि महिला अधिकारकर्मीहरुले विना प्रमाण ति महिलाको चरित्र हत्या गरिएको बताए ।

यसपाली पनि ति महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै ति जेठाजु सहित ५ जना छिमेकी विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेकी छन् । उक्त घटनाको अर्को दिन ति महिलाका सुनका गर–गहना , नगद र कपडाहरु समेत वडा नागरिक मञ्चका संयोजक कै रोहवरमा खोसिएको उनै जेठाजु नेत्रबहादुर कुँवरले यहाँ स्थित रेडियो कार्यक्रममा बताएका छन् । उनी लगायतले लगाएको आरोपको ति महिलाले रेडियो कार्यक्रम मार्फत नै खण्डन गरेकी छन् ।

उनका श्रीमान सुडानबाट हालै स्वदेश आई पुगेका छन् । श्रीमति कुँवर एअरपोर्ट सम्म श्रीमानलाई लिन पनि गईन् । काठमाण्डौंमा दुई दिन सम्म उनिहरु भाउजुको कोठामा संगै बसेका थिए । यसै समाचादाता संग फोनमा कुरा गर्दा पनि उनका श्रीमानले आफुहरु संगै रहेको बताएका थिए । अहिले घर आएर भने उनै श्रीमानले श्रीमति र ति डाईभर विरुद्ध अदालतमा मुद्धा दायर गरेको बताईएको छ । ति महिला घर निकाला भए पछि सदरमुकाम तम्घासमा गत एक महिना देखि ९ वर्षिय छोरा सहित डेरा गरी बसेकी छन् ।

उनले आफु न्याय माग्न पटक पटक काठमाण्डौं सैनिक अदालतमा धाउन पर्ने भएकोले आफुलाई खर्च अभाव समेत भएको बताईन् । उनले घरमा व्यवसायीक बाख्रा पालन, भैसी पालन र तरकारी खेती समेत गरेकी थिईन् । घरमा उनको त्यो पौरख देख्ने जो कोहीले पनि उनले त्यसरी श्रीमानलाई घात गरिन् होलिन भनेर पत्याउन सक्दैनन् ।

अहिले त्यो पौरखमा उनै जेठानी दिदी रमेको उनि बताउछिन् । आरोपित महिलाका अनुसार ति जेठानी दिदी पेउली कुँवर उनकी ठुली आमाकी छोरी हुन र उनैले आफ्ना देवर संग ११ वर्ष अघि मागी विवाह गराई दिएकी थिईन् । श्रीमानले त्यसरी अदालतमा आफु विरुद्ध मुद्धा दिए पनि आफुहरु विच फोन कुराकानी हुने गरेको ति महिलाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने