2026-09-18 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ३ : दुई विधेयक पारित

असार ११, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ । 

उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ती दुवै विधेयकलाई पारित गर्न भनी प्रस्ताव राख्नुभएको थियो । आजै बसेको दोस्रो बैठकमा सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०७६÷७७ का लागि विनियोजित बजेटमाथि छलफल जारी रह्यो ।

 उक्त विनियोजित बजेटको छलफलमा प्रदेशसभाका सदस्यले स्थायी राजधानी र नामकरण टुङ्गो नलागेसम्म हालको हेटौँडामा मन्त्रिपरिषद्को भवन आगामी आवभित्र निर्माण गर्ने बजेट छुट्याइएकामा चिन्ता व्यक्त गर्नुभयो । 

उक्त बैठकको छलफलमा बहुसङ्ख्यक सदस्यले प्रदेशको नीति योजना आयोगले सन्तुलित र समानुपातिक ढङ्गबाट प्रदेशको १३ वटै जिल्लामा योजनालाई पारदर्शीरुपमा समेट्न नसकेको र सो आयोजनाद्वारा अद्यावधिक गरिएको ‘प्रोजेक्ट बैंक’लाई पारदर्शी ढङ्गबाट कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो । 

 बजेटको विनियोजित शीर्षकमा प्रदेशमा पूँजीगत खर्चभन्दा चालूतर्फको खर्चको आकार निकै बढाइएको भन्दै उहाँहरुले पहुँचमा नरहेका जनताका लागि पिउने पानी र स्वास्थ्य उपचारका लागि उच्च प्राथमिकता दिएर बजेट छुट्याइनुपर्ने माग गर्नुभयो । 

प्रदेशका जिल्लालाई पहिलो प्राथमिकतामा कृषि उत्पादन साथै पर्यटन क्षेत्रको विकासलाई गुरु योजनाका रुपमा बजेटमा समावेश गर्न आग्रह गर्दै जिम्मेवार मन्त्रीले दलगत स्वार्थ र आफ्नो पार्टीलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई त्याग गर्नुपर्ने सुझाव दिनुभयो । 

प्रदेशसभाको सदस्यले निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका लागि भनि प्रत्येक सदस्यलाई दिइने रु तीन करोड अनुदानको लोभमा सदस्य फस्न नहुने र आफ्नो कार्यकर्तालाई रिजाउनका निम्ति मात्रै सो रकम दुरुपयोग हुनसक्ने सम्भावना तीब्र बढेकाले भ्रष्टाचार नियन्त्रण हुन नसक्ने धारणा व्यक्त गर्दै सो रकम सरकारले फिर्ता गर्नुपर्ने माग गर्नुभयो । 

उक्त बैठकमा सहभागी हुने सदस्यमा दीपक निरौला, नरोत्तम वैध, चन्द्रबहादुर लामा, सिर्जना सैँजु, लक्ष्मण लम्साल, रीमा लामा, रत्नप्रसाद ढकाल, शान्ति थिङ, रीना गुरुङ, विजय केसी श्रेष्ठ, प्रेमबहादुर तामाङ, केशवराज पाण्डे, सोभा शाक्य, प्रतिमा श्रेष्ठ, जीवन डङ्गोल, केशव पोखरेल, पुकार महर्जन, विशाल खड्का, सन्तबहादुर प्रजा, रामकाजी महर्जन र रामेश्वर फुँयाल हुनुहुन्थ्यो । प्रदेशसभाको अर्को बैठक असार १२ गते दिनको ११ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई