Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७६, १४ असार शनिबार ०७:३२

असार १४, लमही । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

गाडी अनियन्त्रित भई बिहान ८ः३० बजे दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । रा १ ज ४३६ नं को जीप दुर्घटनामा परेको हो । उक्त जीपमा अन्य तीन जना सवार रहेपनि अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रशासन प्रमुख सवार गाडी दुर्घटना

इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुवेदी सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर कल्भर्टबाट सुवेदी सवार रा १ झ ९९ नं को सरकारी कार दुर्घटनामा परेको हो ।

आज तुलसीपुुरबाट घोराही जाँदै गर्दा बिहान सडकमा चिप्लिएर कार दुर्घटनामा पर्दा प्रमुख सुवेदी घाइते हुनुभएको छ । उहाँलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको इलाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । सुवेदीको टाउकोमा चोट लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै