2026-09-13 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु, चार जना घाइते

असार १५, सर्लाही। प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । 

प्रहरीले चलाएको गोली लागि ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्करका २७ वर्षीय देवन (सरोज) महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही क्षेत्र नं– १ का सांसद प्रमोद साहले जानकारी दिनुभयो । प्रहरीको गोली लागि चार जना घाइते भएका उहाँले बताउनुभयो । 

सर्लाही र महोत्तरीको सिमा छुट्याएर बग्ने बाँके खोलामा मापदण्डविपरीत ढुङ्गा गिटी निकाल्ने क्रममा बनेको खाल्डोमा डुबी शनिबार स्थानीयवासी लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमितको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चोकमा शव राखेर प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीले राजमार्गमा शव राखेर १० मिटेन जति अवरोध गरेपछि त्यस क्रममा प्रहरीले राजमार्ग खुलाउन खोज्दा दोहोरो झड्प भएको थियो । प्रहरीले चलाएको गोली देवनको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी गङ्गा महतोले जानकार िदिनुभयो । घाइतेहरुको परिचय खुलेको छैन् । 

बाटो खुलाउन तथा स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवैतर्फबाट १४ सेल अश्रुग्यास र करीब दुई दर्जन हवाई फायर गरेको जनाइएको छ ।  प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा चलाउन थालेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताउनुभयो । 

प्रहरीको गोली लागेर मृत्यु भएको देवन महतो शव र हिजो शनिबार बाँके खोलाको खाल्डोमा डुबी मृत्यु भएको अमित रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन