२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सर्पले डसेर बालकको मृत्यु

२०७६, १९ असार बिहीबार ०६:४३

असार १९, डोटी |  जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआई सिंह गाउँपालिकामा सर्पले डसेर आज बिहान एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लालबहादुर धामीका अनुसार उक्त गाउँपालिका–२ तिखात्तर बस्ने शेरबहादुर बोगटीका ९ वर्षीय छोरा झकेन्द्रबहादुरको आँगनमा बसेर पढिरहेका बेला सर्पले डसेर मृत्यु भएको हो । 

सर्पले डसेपछि दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उनलाई उपचारका लागि पु¥याइएपछि उनको मृत्यु भएको छिमेकी  मोहन बोगटीले बताउनुभयो । बिरामीलाई ढिलो गरी अस्पताल ल्याइएका कारण उपचार सम्भव नभएको उक्त अस्पतालका चिकित्सक ललित लिम्बूले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सर्पले डसेका बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्छ भन्ने ज्ञान रहेनछ, अझै गाउँमा झारफुक गर्ने बानीका कारण बिरामी मर्ने गरेको पाइयो ।” बुधबार मात्रै शिखर नगरपालिका–२ कालागाढकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले डसेका कारण मृत्यु भएको थियो । उहाँलाई पनि समयमै अस्पताल नपु¥याउँदा  मृत्यु भएको चिकित्सकहरुले बताए  । जिल्लामा गर्मी बढेसँगै सर्पदंशका बिरामी बढ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?