२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

मिडिया काउन्सिल लगाएतका विद्ययक ल्याएर सरकारले अंकुश लगाउन खोज्योः डा. संग्रौला

१९ असार २०७६, बिहीबार १६:२०

असार १९, डोटी | मिडिया काउन्सिल लगाएतका विद्ययक ल्याएर सरकारले अंकुश लगाउन खोजेको नेपालि कांग्रेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सांसद डा.डिला संग्रौला आारोप लगाएकि छन् । नेपाल प्रेश युनियन जिल्ला शाखा डोटीको आयोजनमा विहिवार दिपायलमा गरीएको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो वताएकी हुन् ।

संसदमा विचाराधिन मिडिया काउन्सिल विद्येयकले लोकतन्त्रमाथि आक्रमण गरेको भन्दै फिर्ता लिन समेत माग गरेकी छन् । संविधानमा उल्लेख भएको पुर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना भएको वताउदै मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारको कलम वन्द गर्न खोजेको केन्द्रिय सदस्य संग्रौला आरोप लगाईन् ।

यस्तै उनले गुठी विधेयक फिर्ता मात्र नभइ खारेज नै हुनु पर्ने माग गरिन । त्यस्तै मानव अधिकार विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम कत्र्यव्य अधिकार लगायतका विधेयक ल्याउन खोज्नु भनेको संविधान मुल मर्म विपरी भएको वताईन् । यस्ता विधेयक ल्यायर सरकार अधिनायक वाद तर्फ उन्मुख भईरहेको वताउदै तत्काल फिर्ता लिनु पर्ने वताईन् ।

वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको वताउदै वाइडबडी प्रकरण, एनसेल कर, ३३ किलो सुन, बालुवाटार जग्गा, मेलम्ची खानेपानी लगायतका प्रकरणले सरकार प्रष्ट भ्रष्टाचारमा लागेको देख्न सकिन्छ  । 

भ्रष्टाचारलाई शुन्य सहनशिलतामा पुर्याउने प्रधामन्त्रीको प्रतिबद्धता रहेको सरकारले भ्रष्टाचारीलाई प्रोत्साहन गरी रहेको आरोप लगाएकि छन् । 


त्यस्तै फरक प्रसंगमा वोल्दै उनले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई  वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने वताईन् । देशलाई द्धन्दमा नधकेली वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखिन् ।

बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको बिषयमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य संग्रौलाले सरकार हत्यारा खोजीमा नलागेको आरोप लगाइन् । अपराधीको संरक्षण गरी रहेको उनले आरोप लगाइन् । प्रधामन्त्री स्वरोजगार कार्यक्रमका अन्तर्गत बेरोजगारलाई रोजगार दिने भन्दै सरकारले अरवौ रकम दुरुपयोग गरीरहेको वताईन् ।

यहि असार २२ गतेको केन्द्रीय समितिको बैठकले अझै कांग्रे्रसलाई शसक्त र मजवुद वनाइने वताईन् ।

नेपाल प्रेश युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षमा पत्रकार सम्मेलन गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला