Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटी : बालिकाको मृत्युपछि अस्पतालमा तनाव

२०७६, २१ असार शनिबार १५:४१

 असार २१, डोटी । डोटीको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा आज साँझ ६ महीने बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तले दिनुभएको जानकारीअनुसार जिल्लाको शिखर नगरपालिका–१ कपल्लेकी टीका ऐरको छ महीने छोरी राधिकाको मृत्यु भएको हो ।

केही दिन पहिले घरमा निमोनिया ज्वरोले थला परिकी निज बालिकालाई उपचारका लागि आज उक्त अस्पतालमा ल्याइएको थियो । अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा नाराबाजी गरिरहेको प्रहरीले जनाएको छ ।

सुजङ अस्पतालका स्वास्थ्यकर्मी अर्जुन बलायरले आफ्नोतर्फबाट उपचारका क्रममा कुनै लापरवाही नभएको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “निज बालिकालाई १०४ डिग्री निमोनिया ज्वरोले सताएको थियो, हामीले यहाँ उपचार सम्भव छैन बाहिर लैजान आग्रह गरेका थियौँ तर परिवारले लगेनन्, अहिले ज्यान गएपछि दोष हामीलाई दिन थालेका छन् ।”

अस्पतालमा मृतकका आफन्तले नाराबाजी गर्न थालेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारणले बालिकाको ज्यान गएको भन्दै क्षतिपूर्तिसहितको माग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा