२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मालीका बोर्डिङ् वामीका कक्षा १० का बिद्यार्थीहरुलाइ बिदाई

२९ फाल्गुन २०७२, शनिबार १०:१५

फागुन २९, वामी (गुल्मी) । मालीका ईग्लिस बोर्डिङ् सेकेण्डरी स्कुल वामी टक्सारका कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुलाई बिदाई गरेका छन । आउँदै गरेको प्रबेशिका परिक्षाको लागी शुभकामना बाड्दै बिदा गरेका हुन् ।

कार्यक्रममा उनीहरुले कक्षा १० मा अध्ययनरत आफ्ना दाजु दिदीहरुलाई बिदा गर्दे राम्रो सँग अध्ययन गरि प्रबेशिका परिक्षामा राम्रो नतिजा ल्याउँदै बिद्यालयको नाम राख्न आग्रह गरे ।

कार्यक्रममा बिद्यालयका शिक्षक यागेन्द्र कुमार श्रेष्ठ, रमेश खत्री, मेघ प्रसाद श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थिया भने कक्षा १० का बिद्यार्थी किरण केसी, सुमीत केसी लगायतले पनि आफनो धारणा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालयका प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठले एसएलसी परिक्षाको लागी राम्रो तयारी गर्न र आफ्नो भबिष्यको ख्याल गर्दै अध्ययन गर्न सुझाब दिनुभएको थियो ।

कार्यक्रममा कक्षा ९ का बिद्यार्थीले कक्षा १० का बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने कक्षा १० का बिद्यनर्थीहरुले पनि कक्षा ९ का बिद्यार्थी, बिद्यालयका शिक्षकहरु तथा बिद्यालयलाई सदा सदा सम्झनाको लागी भन्दै मायाको चिनो प्रदान गरेका थिए । कक्षा ९ की छात्रा यमुना खरालको अध्यक्षता, बिद्यालयका प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन कक्षा ९ का बिद्यार्थी पुष्कर खराल र भुवन केसीले गर्नुभएको थियो भने कक्षा १० बाट कमल थापा र सोनी पुनले गर्नुभएको थियो । कार्यक्तममा बिद्यार्थीहरुद्धारा साङगीतीत प्रस्तुती देखाइएको थियो ।

यसैबिच नेपाल राष्ट्रिय त्रिभुवन मा.वि मुसिकोट ८ गुल्मीमा पनि कक्षा ९ का विद्यार्थीहरुद्धारा कक्षा १० का विद्याथीहरुलाई विदाइ गरिएको छ । कक्षा ९ का विद्यार्थी मोहन आचार्यको अध्यक्ष्ँता रहेको कार्यक्रममा वि.व्य.स अध्यक्ष इश्वरी प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेज बहादुर महत,शिक्षक द्धोय रण बहादुर थापा, विष्णु बहादुर राना, विद्यार्थी सुनिल नेपालीले आफ्नो धारणा राख्नुभएको थियो भने कक्षा १० का विद्यार्थी सन्तोष घिमिरे, अप्सन खत्रीले बिदाई मन्तब्य राख्नुभएको थियो ।

विदाई हुने विद्यार्थीलाई फुलमाला, मायाको चिनोले सम्मान गरिएको थियो । भने विदाई भएर जाने कक्षा १० का विद्यार्थीहरुले विद्यालयलाई १५ थान कुर्चि र १५ सेट बस्ने मेट प्रदान गरेका थिए । कार्यक्रममा साङगितिक प्रस्तुती समेत प्रस्तत गरिएको थियो कार्यक्रममा वि.व्य.समितिका पदाधिकारी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

कक्षा ९ का विद्यार्थी कुश्मा वि.कको स्वागत रहेको कार्यक्रममा स्वागत गीत गाईएइको थियो भने सञ्चालन कक्षा ९ का विद्यार्थी आशिष नेपालीले गर्नुभएको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल