१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

श्रद्धाञ्जली सभा सम्पन्न

१४ चैत्र २०७२, आईतवार १४:०७

अनिश शर्मा गैरे/ चैत्र १४, वामी गुल्मी ।  रुद्राबति बहुमुखी क्याम्पसले पनि आफ्ना सञ्चालक समितिका मानार्थ सदस्य, क्याम्पसका चन्दादाता तथा सभासद डिलाराम खरेलका पुजनिय पिता देउपती खरेलको निधन भएको प्रति दुख ब्यक्त गर्दे उहाँकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष महेश बहादुर जिसीको अध्यक्षता रहेको कार्यक्रममा निमित्त क्याम्पस प्रमुख रामु तिवारीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै गरी क्याम्पसका उपाध्यक्ष भुवन केसी, कोषाध्यक्ष गजाधर सापकोटा, सदस्यहरु मोहनलाल श्रेष्ठ, नारायण सापकोटा, समाजसेबी अग्निधर लोहनी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, क्याम्पसका प्राद्यापक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि क्याम्पसका निमित्त प्रमुख रामु तिवारीले उहाँको निधनले आफु तथा क्याम्पस परिबारलाई ठुलो क्षति पुगेको भन्दै दिबगँत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्नुभएको थियो ।

त्यसैगरी अतिथिहरु भुवन केसी, श्रोत ब्यक्ति देबिराम शर्मा, अग्निधर लोहनी, गजाधर सापकोटा, बिद्यार्थीहरु किशोर कार्की र चन्दा कार्कीले मन्तब्य ब्यक्त गर्दे शोकाकुल परिबार प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने कामना गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्राद्यापक दुर्गा सापकोटाले गर्नुभएको थियो समापन अध्यक्ष महेश जिसीले गर्नुभएको थियो ।
वडा समिति गठन गरियो ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव