२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

प्रेम गर्नु पाप हो र ? एक्काइसौँ शताब्दीमा जातभातको कुरा गरेर सामाजिक बहिष्कार गरे

२०७६, २६ असार बिहीबार ०७:१५

असार २६, जाजरकोट | अन्तरजातीय विवाह गरेका  जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् ।

ठकुरीकी छोरी, दलितसँग विवाह गरेको भन्दै माइतीपक्षको धम्कीले उनीहरु विवाह गरेको चार वर्षसम्म पनि आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकामस्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाइरहेका छन् । माथिल्लो जातका भनिने माइतीपक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन बिताउन बाध्य भएका हुन् । दलितले ठकुरीकी छोरी विवाह गरेका कारण माइतीपक्षको मात्र होइन, उनीहरु सामाजिक बहिष्करणमा परेका छन् । यहाँ अहिले पनि जातीय छुवाछूत कायमै छ ।

विसं २०६७ मा गणेश १७ वर्षका थिए । ज्योति १५ वर्षकी । त्यतिखेर तिनीहरुबीच प्रेम बस्यो । उनीहरुबीच गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ असार २९ गते ज्योतिलाई भगाएर घर ल्याए । तल्लो जातको केटासँग बिहे गरेको भन्दै तत्काल माइतीपक्षले ज्योतिलाई खोसेर लगे । गणेशलाई कुटपिट गरे । परिवारलाई धम्क्याए । फेरि फर्केर हेरे बालविवाहको मुद्दा लगाउने र ज्यानै लिने धम्की दिएपछि गणेश केही समय पछि हटे । वास्ता गर्न छाडे । तर, उनीहरुबीचको प्रेमलाई न त जातले रोक्न सक्यो न ज्योतिका आमाबुबाको धम्कीले नै ।

उनीहरु उमेर पुगेपछि पुनः २०७२ कात्तिक ९ गते सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै गाउँबाट भागेका थिए । उनीहरु भागेर कैलालीको धनगढी गएर केही समय बसे । यता माइतीपक्षले गणेश र उनका बुबा कमारा चदाराविरुद्ध रु आठ लाख ५० हजार चोरी गरेको आरोपसहित इलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्दा दर्ता गराए । गणेशको घरमै गएर ढुङ्गामुढा गर्दै एक हप्ताभित्र छोरीलाई नल्याए जे पनि हुनसक्छ भन्दै धम्क्याएको उनीहरुको भनाइ छ । 

प्रहरीले गणेशका बुबालाई पक्राउ ग¥यो । छोरालाई खोजेर ल्याउँछु भनेपछि प्रहरीले कमारालाई छोडिदियो । उनले छोराबुहारीलाई जिल्ला सदरमुकाम खलङ्गा बोलाए । गणेश धनगढीबाट खलङ्गा आए । सुरक्षाका कारण देखाउँदै गर्खाकोट जान नसक्ने बताएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमै बयान लियो । दुवै पक्षको बयानका आधारमा ज्योतिका बुबा उत्तम शाहले चोरी गरेको भनी दर्ता गराएको मुद्दा झुटा ठहर भएको उनीहरुको भनाइ छ ।

प्रहरीले पनि उमेर पुगेका केटाकेटीको मनचित्त लागेर बिहे गरे अरुले हस्तक्षेप गर्न नहुने बताउँदै दुवै पक्षलाई मिलापत्र गर्न आग्रह ग¥यो, तर माइतीपक्षकाले मिलापत्र गर्न मानेनन् फर्केर गए । गाउँ गए उनीहरुको सम्बन्धविच्छेद गराउने र जतिखेर पनि आक्रमण हुनसक्ने डरले आफूहरु गाउँ जान नसकेको गणेशले बताउनुभयो  । गाउँकै शिवपुरी माध्यामिक विद्यालयमा दुवै अध्ययन गर्थे । ११ कक्षा दुवै पास भयौँ तर, १२ कक्षाको परीक्षा दिन पाएनाँै गणेशले भने “१२ कक्षाको परीक्षा आवेदन फारम भरे पनि माइतीपक्षको धम्कीका कारण परीक्षा दिन पाएनाँै ।”गाउँमै रहेको विद्यालयमा अध्ययनरत उनीहरु माइतीपक्षको धम्कीका कारण दुईपटक परीक्षा छुटाइसकेका छन् । विद्यालयले स्थानान्तरणसमेत नगरिदिएपछि उच्च शिक्षा पढ्ने धोको पूरा हुननसकेको उनले गुनासो गरे । सदरमुकाममा खान बस्न समस्या भएपछि गणेशले ज्याला मजदुरी गर्छन् भने ज्योतिले सदरमुकाममै सानो घुम्तीमा खुद्रा पसल राखेकी छन् । “जेनतेन गुजरा चलेको छ”,गणेशले भने, “गाउँमा जान पाएको भए खेतीकिसानी गरेर जहान केटाकेटी पाल्थे अहिले म साह्रै समस्यामा छु ।”यस अवधिमा उनीहरुका दुई छोरीको जन्मसमेत भइसकेको छ । तर अझै पनि माइतीपक्षको मन पग्लिएको छैन ।

 “अरु हामीलाई मतलव छैन । हाम्रो छोरी मरीसकी । तिनीहरु फर्केर हाम्रो गाउँमा नआउन, आए राम्रो हँुदैन भन्नुहुन्छ रे बाबामम्मीले मैले के बिगारेकी छु र ? प्रेम गर्नु पाप हो र ?”ज्योतिले भनिन्, “अहिलेको एक्काइसौँ शताब्दीमा पनि जातभातको कुरा गरेर मलाई सामाजिक बहिष्कार गरे । म के गरुँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने