२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण

२६ असार २०७६, बिहीबार ०९:०४

असार २६, डोटी | जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा पूर्वीचौकी गाउँपालिकाको आर्थिक सहयोगमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । 
पूर्वीचौकी गाउँपालिकामा रहेको २०० भन्दा बढी एचआइभी सङ्क्रमितमध्ये आर्थिक अवस्था कमजोर भएका २१ जनालाई जनही एक-एक उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसमध्ये २ जना विद्यार्थीलाई एसइई खर्चका लागि जनही रु पाँच-पाँच हजार र तीन जनालाई उपचार खर्चवापत रु १०-१० हजार वितरण गरिएको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । 
एचआइभी सङ्क्रमितको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्य राखेर बाख्रा वितरण गरिएको र आगामी वर्षमा बाँकी रहेका सङ्क्रमितलाई समेत बाख्रा वितरण गरिने खड्काले बताउनुभयो । एचआइभीपीडितमध्ये न्यून आर्थिक स्थिति भएकालाई आर्थिक स्थितिमा सुधार ल्याउनका लागि र व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यले पहिलोपटक बाख्रा वितरण गरिएको हो । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी एचआइभी सङ्क्रमितहरु छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला