Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा पुगेकी नुवाकोटकी अनुद्वारा उद्धारको अपिल

२०७६, २६ असार बिहीबार १६:१३

सुशील दर्नाल, असार २६, काठमाडौँ । नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङ दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी छिन् । राम्रो काम लगाइदिने आशमा ६ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुवेत पुगेकी तामाङले अहिले शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो गरिरहेकी छिन् । गैरकानूनी रुपमा कुवेत पुगेकी तामाङले अहिले सामाजिक सञ्जालमार्फत आफूलाई त्यहाँबाट फर्काउन नेपाल सरकारसँग हारगुहार गरिरहेकी छिन् । 

घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको पीडित तामाङ बताउँछिन् । अहिले तामाङको परिवारले उद्धारका लागि परराष्ट्र मन्त्रालय र प्रहरी प्रशासनमा निवेदन दिएको छ । वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयअन्तर्गतको काउन्सिलर विभागमा उद्धारका लागि पहल गरिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मनत्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

अनुकी छोरी सलिना तामाङले भनिन्, “मेरो ममीलाई ललाईफकाई गरी रमेश खत्री नाम गरेको एजेण्टले पठाएको रहेछ ।” आफ्नी ममीसँग भएका कुरा सुनाउँदै उनले भनिन्, “साहुले खान दिँदैन, पिट्छ भन्नुहुन्छ ।” उनले न्यायका लागि सम्बन्धित निकायमा पत्र दिएको बताइन् ।

पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढ्दै गएको छ । महिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुवेत र साउदी अरब लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ती गरिएको छ ।

“गैरकानुनी रुपमा विदेश जानु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि दोस्रो र तेस्रो पटकसम्म जाने र समस्यामा परेपछि हारगुहार गर्ने धेरै हुनुहुन्छ, त्यसैले मन्त्रालयले अब वास्तविक पीडितको पहिचान गरेर मात्र उद्धार गर्ने नीति बनाउँदैछ, त्यसका लागि मावन बेचबिखनसम्बन्धी नियमावली संशोधन गर्दैछ”, सहसचिव शर्माले भन्नुभयो ।

 मन्त्रालयले मानव बेचबिखन र गैरकानूनी रुपमा विदेश जाने प्रचलनमा न्यूनीकरणका लागि सिन्धुपाल्चोक र मकवानपुरलगायतका प्रभावित जिल्लाको समेत अध्ययन गरिरहेको छ । त्यसका साथै मानव बेचबिखनसम्बन्धी विभिन्न जिल्लामा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिएको छ ।

 श्रमिक बढ्दो मागसँगै विश्वमा मानव बेचबिखन तथा ओसारपसार पनि झन् बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पछिल्ले प्रतिवेदनअनुसार विश्वभर २९ करोड मानिस दासत्वका रुपमा रहेको अनुमान गरेको छ । मावन बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले अशिक्षा, गरीबी, बेरोजगारीसँगै प्रविधिको विकासले मानव बेचबिखन दिन प्रतिदिन बढ्दै गएको भन्दै न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

महिला मन्त्रालयका अनुसार आर्थिक र सामाजिक रुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका (एकल), बसाइ स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी तथा महिला सबैभन्दा बढी बेचबिखनको जोखिममा छन् । 

मानव बेचबिखन तथा नियन्त्रण कार्यको मुख्य दायित्व सरकारको भए पनि सरकारको एक्लो प्रयासले मात्र सम्भव देखिँदैन । त्यसैले विभिन्न सम्बन्धित सङ्घ÷संस्था, निजी क्षेत्र, विकास र साझेदारहरु र नागरिक समाजले संयुक्त रुपमा पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । सचेतनासँगै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ लगायतका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश