असार २७, काठमाडौँ | लगातारको वर्षाका कारण काठमाडौँको कलंकी डुबानमा परेको छ |
बल्खु खोलाको पानी बस्तीमा पसेको हो । पानीका कारण कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको छ ।
कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी परेको छ ।