२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा

२०७६, २९ असार आईतवार ०९:५५

असार २९, सप्तरी | पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ ।

औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र पोखरी थुन्दै स्थायी संरचना निर्माण गरेपछि रुपनी गाउँपालिकास्थित उक्त औद्योगिक क्षेत्र डुबानमा परेको हो । औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउबाट चल्ने पानीको बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले शहीद स्तम्भ निर्माणका लागि माटो भर्ने र इँटाको पर्खाल निर्माण गरेका कारण औद्योगिक क्षेत्र डुबान परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले जानकारी दिनुभयो । 

तत्कालीन नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको स्थानमा शहीद गेट, शहीद पार्क र शहीद स्तम्भ निर्माणको काम भइरहेको छ । निर्माणाधीन शहीद स्तम्भले पानीको बहाव हुने मुख्य भाग नै थुनेकाले औद्योगिक क्षेत्र डुबानमा पर्नुका साथै औद्योगिक क्षेत्रमा सञ्चालित सबै उद्योगमा पानी पस्ने खतरा बढेको प्रमुख आचार्यले बताउनुभयो । 

पानीको निकास नै थुनिने गरी भौतिक संरचना निर्माण गरिएकाले सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराए पनि समस्या समाधानका लागि ती निकासले चासो नदेखाएको कार्यालय प्रमुख आचार्यको गुनासो थियोे । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगका सञ्चालकले केही दिनअघि सो ध्यानाकर्षण गराएका थिए ।  

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले औद्योगिक क्षेत्रको निकास नै थुनिने गरी हचुवाको भरमा संरचना निर्माण गरिएकाले उक्त क्षेत्र डुबानमा परेको बताउँदै समस्या समाधानका लागि केही समयअघि सरोकारवाला निकायसँग छलफल गरी पानीको निकासका लागि अहिले निर्माणाधीन शहीद स्तम्भलाई पश्चिमतर्फ सार्ने र त्यसको छेउमा हिमपाइप राखी निकास दिने सहमति भए पनि समय आभावका कारण त्यसो हुन नसकेकाले औद्योगिक क्षेत्र डुबानमा परेको हो भन्नुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म