2026-07-24 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी–पहिरोमा परि ६०जनाको मृत्यु, ४८ को सनाखत

नारायण ढुङ्गाना, असार २९ , काठमाडौँ । विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् । 

विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले राससलाई जानकारी दिनुभयो । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् । गृहमन्त्री रामबहादुर थापाले राहत र उद्धारमा कुनै कसर बाँकी नराखेको जानकारी दिनुभएको छ ।

 प्रभावितहरुको उचित आश्रयस्थलको व्यवस्थापन, उद्धार तथा राहतका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको सरकारले जनाएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार विपद्को अवधिमा अहिलेसम्म ५१ स्थानमा पहिरो खसेको छ । सुरक्षा निकायलगायत तीनै तहको सरकार तथा स्थानीय समुदाय र सङ्घसंस्था राहत एवं उद्धारमा सक्रिय छन् । स्रोतसाधनको अभावले उद्धार कार्यमा केही समस्या भइरहेको केन्द्रका प्रमुख खनालले जानकारी दिनुभयो ।

“तराईमा अत्यधिक मात्रामा डुङगाको माग छ, हामीसँग पर्याप्त डुङ्गा छैन, स्थानीय तहले समेत विपद्लाई ठूलो प्राथमिकतामा नराखेकाले पनि उपकरणको अभाव देखियो, तै पनि भएका साधन स्रोतलाई भरपुर उपयोग गर्दै उद्धारलाई तीव्रता दिइरहेका छौँ”, प्रमुख खनालले भन्नुभयो । 

साठीको मृत्यु

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकका विभिन्न जिल्लामा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । सबैभन्दा बढी प्रदेश नं १ मा मानवीय क्षति भएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार प्रदेश नं १ मा १९, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा १५, प्रदेश नं ५ र ६ मा दुई­दुई तथा उपत्यकाको दुई जिल्लामा आठ गरी ६० जनाको ज्यान गएको हो । उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश नं १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापा र उदयपुरमा दुई–दुई, पाँचथर, सुनसरी, इलाममा एक­एक जनाको ज्यान गएको छ । प्रदेश नं २ अन्तर्गत रौतहटमा पाँच, धनुषा, महोत्तरी, पर्सा र बारामा दुई­दुई तथा सिराहामा एक गरी १४ जनाको मृत्यु भएको छ । प्रदेश नं ३ अन्तर्गत काभ्रेमा तीन, सिन्धुली र मकवानपुरमा चार–चार, धादिङमा दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै प्रदेश नं ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश नं ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ । बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश नं १ को झापा र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन् । प्रदेश नं २ को रौतहट, सिराहा र धनुषामा एक­एक जना बेपत्ता छन् । प्रदेश नं ३ को सिन्धुलीमा चार र धादिङमा एकजना बेपत्ता छन् । यस्तै प्रदेश नं ५ को दाङमा एक र प्रदेश नं ६ को डोल्पास्थित कासिल खोलाले बगाएर सात जना बेपत्ता भएको प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । 

घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं १ मा १६, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट ३४७, प्रदेश नं १ बाट १२, प्रदेश नं २ बाट ८२७ र प्रदेश नं ३ बाट २५८ जनाको उद्धार गरेको जनाएको छ । अन्य केही ठाउँबाट उद्धार गरिएको भए पनि विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

मृतकमध्ये ४८ को सनाखत

मृत्यु भएका ६० मध्ये ४८ जनाको सनाखत भएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार उद्धार तथा बेपत्ताको खोजी जारी रहेको र अहिलेसम्म ४८ मृतकको सनाखन भएको जानकारी दिनुभयो । 

प्राप्त विवरणअनुसार झापाको दमक नगरपालिका–१० की एलिजा न्यौपाने र झापाकै सौगात चापागार्इंको खोलाले बगाएर तथा भोजपुरका जगतबहादुर राई, जनक विक, मनकुमारी राई, शिवकुमार राई र शक्तिकुमार राईको पहिरोमा पुरिएर ज्यान गएको हो ।

इलामको चुलाचुलीका मानाहाङ लावतीको खोलाले बगाएर मृत्यु भएको छ भने ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–४ का पासाङपुटी शेर्पा, सिद्धिचरण गाउँपालिका–६ का कान्छीमाया श्रेष्ठ, मोलुङ गाउँपालिका–७ का खपुटी शेर्पा र याङ्जी शेर्पाको बाढी–पहिरोमा परेर ज्यान गएको हो ।

यस्तै खोटाङको खोटेहाङ गाउँपालिकाका रेखा राई, रोमन राई र रोहन राई तथा सिराहा मिर्चैया नगरपालिका–४ का रागनीकुमारी महत्तो, रौतहट गौरका शिवमङ्गल राउत र उमेश राउत, दुर्गाभगवती गाउँपालिकाका वीरेन्द्र मिश्र, इसनाथ नगरपालिका–१ का हरेन्द्र राय यादवको पनि विपद्मा परेर मृत्यु भएको छ ।

 पर्साको पर्सागढी नगरपालिका निखिल पटेल, बारा परवानीपुरका विकी यादव, कलैया उपमहानगरपालिकाका अजित सिंह, रामेछापका पदमकुमारी सुनुवार, सिन्धुलीको फिक्कल गाउँपालिकाका हेककुमारी सुनुवार, दुधौली नगरपालिका–४ का कार्बन कपाली, सुनिता पौडेल र सविता पौडेलको समेत मृत्यु भएको केन्द्रले जनाएको छ । 

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ का गोमा दङ्गाल र सुहावी दङ्गाल तथा रोशी गाउँपालिकाका कृष्णदेवी रायमाझीको समेत मृत्यु भएको छ । काठमाडौँ मूलपानीमा शर्मिला यादव, नितु यादव, कुन्दन यादव, ललितपुरको वाग्मती गाउँपालिकाका सुरज जिम्बा र सीता रानामगर, महाङ्काल गाउँपालिकाका अविरल गोले तथा ललितपुरकै सन्दीप ल्हो, सानुमैयाँ ल्हो, कुसुन्तीका सुवेश बस्नेतको समेत मृत्यु भएको छ । 

मकवानपुरको कैलाश नगरपालिका सानुकान्छा सुनार, थाहा नगरपालिकाका सन्तमायाँ बलामी, इन्द्रसरोवरका सृष्टि डिमडुङ तथा धादिङ गजुरी गाउँपालिकाका अस्मिता तामाङ र बेनीघाटरोराङ गाउँपालिकाका राजकुमार ठकुरीको पनि विपद्मा परेर मृत्यु भएको छ ।

यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ का धनबहादुर सुनार, डोल्पाका धर्मराज बोहरा तथा दाङको बङ्गलाचुली गाउँपालिका–८ का भक्तसिंह बैजालीको पनि मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक