२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा चार सय गैरसरकारी संस्था खारेज

३० असार २०७६, सोमबार ०९:४५

 असार ३०, डोटी | संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । 

“संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्थाहरु तोकिएको समयमा नवीकरण गर्न नआएपछि खारेज गरिएको हो”, प्रजिअ पौडेलले भन्नुभयो, “नवीकरणका लागि जारी गरिएको ३५ दिने सूचनाको म्याद समाप्तिपछि ती संस्थाको दर्ता खारेजीमा परेको हो ।” दर्ता खारेज हुने संस्थाहरुमा साबिकको जिविसअन्तर्गत सञ्चालित उपभोक्ता समिति, मठमन्दिर निर्माण समिति, जल उपभोक्ता समितिसमेत रहेको उक्त कार्यालयले जनाएको छ । 

दर्ता भएका ६१० गैरसरकारी संस्थामध्ये २०५५ देखि २०७२ सालसम्म नवीकरण नगरेका संस्थाहरु खारेजमा परेका प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २०४४ सालदेखि संस्था दर्ता गर्ने कार्य शुरु गरिएकामा अहिलेसम्म ६१० गैरसरकारी संस्था दर्ता भएका थिए तर  पटक पटक गरी ४२३ संस्थाको दर्ता खारेज भइसकेको छ । अब जिल्लामा १८७ दर्तावाला  गैरसरकारी संस्था छन् । तोकिएका  नियम पालना नगर्दा ती संस्थाको  दर्ता खारेज गरिएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष रघुबहादुर कठायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला