२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी इलाका वनद्वारा निःशुल्क बिरुवा वितरण

१ श्रावण २०७६, बुधबार ०७:२२

साउन १, डोटी | इलाका वन कार्यालय जोरायल गाउँपालिका–२ बुडरले जिल्लाभरिका किसानलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । इलाका वन कार्यालय बुडर डोटीले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरी सोही ठाउँबाट बिरुवा वितरण कार्य शुरु गरेको सेक्टर वन कार्यालय बिपी नगरका प्रमुख तथा सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरी यहाँका किसान तथा विभिन्न सामुदयिक वनहरुलाई वितरण गरिरहेकाछौँ, हाम्रो नर्सरीमा विभिन्न जातका पर्याप्त बिरुवा छन् ।” गएको असार २८ गतेदेखि शुरु गरिएको बिरुवा वितरणमा हालसम्म करीब ३० हजार बिरुवा वितरण गरिएको सहायक वन अधिकृत डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका वन कार्यालय बुडरको नर्सरीमा विभिन्न १२ प्रजातिका करीब ५० हजार बिरुवा उत्पादन गरिएको छ । कार्यालयले सिसौ, तेजपत्ता, बकाइनो, अमला, बर्रो, लहरेपीपल, सिमल, जामुनो, टिमुर, बाँस, डालेघाँस, दालचिनीलगायतका प्रजातिका बिरुवा निःशुल्क रुपमा किसानलाई वितरण गरिरहेको छ । 

त्यस्तै जिल्लाको केआई सिंह गाउँपालिकाको कृषि शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा अलैँचीको बिरुवा वितरण गरेको छ । पूर्वी इलामबाट खरीद गरी ल्याइएको उक्त अलैँचीको बिरुवा आफ्नो गाउँपालिकाका किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाका विभिन्न ठाउँमा अलैँची उत्पादनको निकै सम्भाव्यता भएकाले हामीले इलामाबाट अलैँची खरीद गरी किसानलाई अनुदानमा वितरण गरेका हौँ ।” 

प्रधानमन्त्री रोजगारले सफा बन्यो दीपायल

लामो समयदेखि निकै फोहर तथा दुर्गन्धित बन्दै आएको डोटीको दीपायलस्थित पीपल्लामा रहेको एक मात्र सार्वजनिक बसपार्कलगायत अन्य सार्वजनिक ठाउँहरु मठमन्दिर, चौतारो, बाटोघाटो तथा सार्वजनिक धारा पँधेराहरु हिजोआज निकै सफा र सुग्घर बनेका छन् । जताततै फोहर, हिलो र धुलो मात्रै हुने उक्त बसपार्कमा मानिसलाई आवतजावत गर्न त परै जाओस् गाडी पार्किङ गर्नलाई पनि समस्या हुने गरेको थियो । 

जिल्लामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार पाएकाहरुले फोहर भएको बसपार्कलगायत अन्य ठाउँहरु धमाधम सफा गर्न थालेपछि अहिले बसपार्कसहित यहाँका अन्य सार्वजनिक ठाउँहरुको मुहारै फेरिन थालेको दीपायल कुमालीकोटका स्थानीयवासी भरतबहादुर कठायतले बताउनुभयो । 

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले छुट्याइएको रु दुई लाखबाट बसपार्कमा भएको हिलो, फोहर हटाउँदै नालीसमेत सफा गरेपछि उक्त बसपार्क सुन्दर र सफा देखिएको हो । बसपार्क सफा गर्नुभन्दा पहिले दुर्गन्धले सो आसपासका स्थानीयवासीलाई घरमा बस्नसमेत समस्या हुँदै आएको स्थानीयवासी धनबहादुर शाहीले बताउनुभयो । 

यति मात्र नभई वर्षा लागेपछि यहाँका स्थानीयवासीका घरआँगनदेखि बाटो चौतारो सबैतिर हिलो नै हिलो हुन्थ्यो । हिलोकै कारण बाहिर हिँड्न गाह्रो थियो । तर अहिले बाटोको अवस्था फेरिएको छ । स्थानीयवासीका घर, आँगन, मठमन्दिर र गोरेटो बाटो राम्रो तथा सफा भएका छन् । “पहिले त अफिस जाँदा हातमा छाता, लौरो र झोलामा कपडा लिएर जानु पथ्र्याे”, स्थानीयवासी तथा समाजसेवी घनश्याम पाठकले भन्नुभयो । 

जिल्लामा कूल ३०० जना महिला तथा पूरुष प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला