२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा उन्नतजातका गाई र भैँसी वितरण

३ श्रावण २०७६, शुक्रबार ०५:००

साउन ३, डोटी | जिल्लाको दिपायल सिलगढी नगरपालिकाले किसानलाई आयआर्जनमा जोड दिन उन्नतजातका गाई र भैँसी वितरण गरेको छ । पूरै नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर वृद्धि होस् भन्ने उद्देश्यका साथ पूर्ण अनुदानमा उन्नतजातका गाई र भँैसी वितरण गरिएको नगरपालिकाप्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा नं ५, ६ र ७ का १३ किसानलाई जर्सी, होलिस्टिन र रेडसिन्धी जातका गाई वितरण गरेको नगरपालिकाका पशु सेवा प्राविधिक डिलबहादुर साउदले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५-७६ को कार्यक्रमअनुसार जम्मा २० किसानलाई उन्नत गाई वितरण गर्ने योजना रहेकामा वडा नं ४ का सात किसानलाई केही दिनभित्रै गाई वितरण गरिने जनाइएको छ ।

त्यसैगरी नगरपालिकाको वडा नं १ शिरखोलीसैनका आठ किसानलाई मुर्राक्रस जातका भैँसी पनि वितरण गरिएको पशु सेवा प्राविधिक साउदले बताउनुभयो । सार्वजनिक सूचनामार्फत किसानबाट फाराम भर्न लगाई ती फारामउपर स्थलगत अनुगमन गरी किसान छनोट गरिएको नगरपालिकाले जनाएको छ । ढुवानीसहित रु १५ लाखमा २० गाई र रु सात लाख ६० हजारमा भैँसी खरीद गरी किसानलाई वितरण गरिएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

आफूले विगत पाँच वर्षदेखि व्यावसायिकरूपमा गाईपालन गर्दै आएको र नगरपालिकाले थप दुई उन्नतजातका गाई उपलब्ध गराएको साम्भवी एग्रो प्रोडक्सन प्रालि दिपायलका सञ्चालक रवि श्रेष्ठ बताउनुभयो । उहाँले भन्नुभयो, “मैले विगत पाँच वर्षदेखि उन्नतजातका गाईपालन गर्दै आएका थिएँ, यो पटक नगरपालिकाले थप गाई दिएपछि मेरो फार्ममा सहुलियत भएको छ ।” यसअघि नगरपालिकाले किसानलाई बाख्रा, बोयर बोका र कुखुरासमेत पूर्ण अनुदानमा वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला