२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा अझै बनेन सातनाली पक्की पुल

३ श्रावण २०७६, शुक्रबार ०९:२१

साउन ३, डोटी  | निर्माण कार्य शुरु गरेको वर्षांै बितिसक्दासमेत डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बाण्डुङ्ग्रीसैनको सेती नदीमा पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । 

उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपर्ने थियो । 

तर पुलको निर्माण कार्य १० प्रतिशत पनि नभएको स्थानीयको आरोप छ । यसअघि पनि सुस्त गतिमा भएको निर्माण कार्य लामो समयदेखि पूर्णरुपमा रोकिएको छ । रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लम्बाइको उक्त पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो ।

पुल निर्माण हुने समयावधि समाप्त भएर थप एक वर्ष तीन महीना बितिसक्दासमेत पुलका दायाँबायाँ पिल्लरसमेत बनेका छैनन् । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण विसं २०४९ देखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ सडक अलपत्र परेको छ । पुल नभएका कारण उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीय रामबहादुर धाँमीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु, काटेको सडक गाडी नचल्दा दिनहुँ बिग्रिँन र भत्किन थालेको छ ।”पुल निर्माणमा ढिलाइ हुनुका कारणबारे सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीसँग बुझ्दा उहाँले पुलको फाउण्डेसनमा समस्या भएको जानकारी दिनुभयो ।

 पुल निर्माण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरु गर्ने कुरामा स्थानीयवासी विश्वस्त हुन सकेका छैनन् । पहिलो पटकको सम्झौता ठेक्का अवधि सकिएर विसं २०७५ पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । पुनः म्याद थपिए पनि काम शुरु भएको छैन । यति हुँदा पनि निर्माण व्यवसायी कम्पनीलाई कारवाही भने भएको छैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुनुभएको छ । उहाँलाई कुनै कारवाही नहुँदा यहाँका काम लथालिङ्ग अवस्थामा पुगेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला