२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा घरेलु हिंसापीडित बन्दै महिला

२०७६, ३ श्रावण शुक्रबार १०:२७

नरेन्द्रसिह कार्की  | साउन ३, दार्चुला  | मार्मा गाउँपालिका– ४ का एक व्यक्तिले आफ्नो श्रीमतीलाई सार्वजनिक ठाउँमा मरणाशन्न हुने गरी कुटपिट गरे । श्रीमतीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सार्वजनिक ठाउँमा कुटपिट गरेको आरोपमा प्रहरीले दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर कानूनी कारवाही गर्न खोज्दा श्रीमतीले श्रीमान्लाई कारवाही नगर्न आग्रह गर्नुभयो । 

श्रीमतीको आग्रहअनुसार प्रहरीको महिला तथा बालबालिका सेलले अब पतिले मदिरा सेवन नगर्ने सहमतिमा मिलापत्र गराएर दुवै जनालाई छोडियो । 

यसैगरी नौगाड गाउँपालिका– २ का ३४ वर्षीया विमला बडाल लामो समयदेखि श्रीमान् शेरसिह बडालबाट घरेलु हिंसा सहन बाध्य हुनुहुन्थ्यो । पटक पटक मदिरा सेवन गरि कुटपिट तथा गाली गलौजका गरेका कारण उनी मात्र होइन, उहाँको पूरै परिवार समस्यामा थियो । गत असार ७ गते मध्यरातमा मदिरा सेवन गरिआएका पतिले घरमा आगो लगाउँदा घरभित्रको समान निकाल्ने क्रममा ती महिलाको आगोमा जलेर ज्यान गयो ।

यसअघि पटकपटक प्रहरी चौकी तथा वडा समितिमा घरेलु हिंसा गरेको भन्दै छलफल भएको थियो । गल्ती भयो आगामी दिनमा कुटपिट गाली गलौज गर्दैन भन्दै पतिले माफी माग्दै आएका थिए । अन्ततः घरेलु हिंसाकै कारण ती महिलाले आगोमा जलेर ज्यान गुमाउन पुगिन् ।

“घरेलु हिंसा पीडित महिला नै आफ्नो श्रीमान्लाई कारवाही गर्नु हुँदैन भनेर आउँछन्”,जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले भन्नुभयो, “शुरुमा पीडित भयो भन्दै निवेदन आउँछ, पछि उनै महिला हैन घरमा समस्या हुन्छ, छोडिदिनुप¥यो भन्छन् ।” 

महिला आफँैमा आत्मनिर्भर बन्न नसक्दा महिला हिंसाका घटना मिलापत्रमा टुङ्गिने गरेका छन् । चालू आर्थिक वर्षमा महिला तथा बालबालिका सेलमा आएका सबै ३७ उजुरी मिलापत्रमा टुङ्गिएको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ । 

एक महीनासम्म छलफल गर्दागर्दै उनीहरु मिलापत्र गर्न इच्छुक हुने गर्छन् । “घरेलु हिंसा कसुर सजाय ऐन २०६६ अनुसार पनि घरेलु हिंसा, महिला हिंसाका घटनामा बढी समय छलफल गराउने नै हो”, प्रहरी निरीक्षक रवीन्द्र कठायतले भन्नुभयो । शुरुमा श्रीमान्को रिसले निवेदन दिन्छन्, पछि मिलापत्र गरिदिनुप¥यो भनेर आउँछन्, उहाँले भन्नुभयो । 

ग्रामीण क्षेत्रका महिला मदिराका कारण बढी हिंसामा पर्ने गरेका छन् । उनीहरु समाजका कारण पनि खुलेरै विरोध गर्न नसक्ने अवस्था रहेको जानकार बताउँछन् । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले गर्दा अहिले पनि जिल्ला प्रहरी कार्यालयको महिला सेलसम्म आउने सबै घटनाहरु मिलापत्रमा टुङ्गिने गरेको छ । 

मानव अधिकार क्षेत्रमा क्रियाशील संस्था इन्सेक दार्चुलामा जनवरीदेखि जुनसम्म २८ वटा घरेलु हिंसाका घटना अभिलेख गरिएकामा सबै घटना मिलापत्रमा टुङ्गिएको जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार महिला सामाजिक सम्बन्धका कारण पनि खुलेरै श्रीमान्को विरुद्धमा मुद्दा हाल्न सक्दैनन् । श्रीमान्लाई जेल हाल्दा आफ्नो परिवार र बालबच्चाको पालनपोषणमा समस्या हुनुभन्दा त हिंसा नै सहेर भए पनि बस्न उनीहरु बाध्य छन् । 

जिल्लामै पहिलोपटक एकमात्रै घरेलु हिंसाको मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ । “अहिलेसम्म कहिल्यै मुद्दा दर्ता भएको तथ्याङ्क छैन्”, अदालतका स्रेस्तेदार किरन सिंहले भन्नुभयो, “पहिलोपटक घरमा सासू पार्वती जोशी ससुरा प्रमानन्द जोशी, जेठाजु श्यामराज जोशीले हिंसा गरेको भन्दै महाकाली नगरपालिका– ७ का २५ वर्षीया विमला जोशीले मुद्दा दायर गर्नुभएको छ ।”

उहाँका पति नवीनचन्द्र जोशी भारतमा मजदूरी गर्न गएको बेला घरमा परिवार मिलेर आफूमाथि हिंसा गरेको भन्दै उहाँले मुद्दा दायर गरेको जिल्ला अदालतले जनाएको छ । घरमा आफूलाई खान लगाउन नदिने, अनावश्यक गाली गलौज गर्ने, शारीरिक, मानसिक, सामाजिक र आर्थिकरुपमा यातना दिएको भन्दै उहाँले उजुरी दिएको स्रेस्तादार सिंहले बताउनुभयो । उक्त घटनाको फैसला हुन बाँकी छ । अहिले उनीहरुले तारिख बुझाइरहेका छन् ।

आर्थिक वर्ष २०७५-०७६ को साउनमा चार, भदौमा चार, असोजमा तीन, कात्तिकमा एक, पुसमा छ, माघमा तीन, फागुनमा दुई, चैतमा तीन, वैशाखमा दुई, जेठमा चार र असारमा पाँच वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ । 

यसैगरी आर्थिक वर्ष २०७२-०७३ मा ४३, २०७३-०७४ मा २७ र २०७४-०७५ मा ३१ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेका छन् । 

“जिल्लामा मदिराका कारण थुप्रै घरेलु हिंसाका घटना भए न्यायिक निकायसम्म आउन सकेका छैनन्”, अधिवक्ता धीरेन्द्रसिंह साउँदले भन्नुभयो, “पतिको नाममा उजुरी गरेपछि समाजमा बद्नामी भइन्छ भन्ने चिन्ता छ ।” यस्तै पति कारागार गयो भने, घरको सहारा हुँदैन, त्यही घरमा बस्न सकिँदैन भन्ने मानसिकताका कारण पनि ग्रामीण भेगमा बस्ने महिला बढि हिंसा सहन बाध्य छन्, अधिवक्ता साउँदले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा