Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा आयोगसम्बन्धी विधेयक पारित

२०७६, ७ श्रावण मंगलवार १५:५१

साउन ७, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

यसअघि आजको बैठकमा विधेयकमाथि भएको छलफलमा भाग लिने प्रदेशसभा सदस्यले लोकसेवा आयोगको विश्वसनीयतालाई जोगाउने गरी कानून बनाउन सुझाव दिनुभएको थियो । छलफलमा प्रदेशसभा सदस्य  महेशदत्त जोशी, दुर्गाकुमारी कामी, चुनकुमारी चौधरी, भरतबहादुर खड्का र कर्णबहादुर मल्लले भाग लिनुभएको थियो ।

लोकसेवा आयोगसम्बन्धी विधेयक पारित भएसँगै प्रदेशमा निजामती प्रहरीलगायत सेवाका पदमा कर्मचारीको नियुक्तिसम्बन्धी काम अगाडि बढाउने बाटो खुलेको छ । 

 बैठकको प्रारम्भमा समय लिएर समसामयिक विषयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णा जोशीले चन्दा माग्ने समूहले डोटीको जोरायल गाउँपालिकाको वडा कार्यालयमा आगजनी गरेको भन्दै द्वन्द्वरत पक्षसँग वार्ता गरेर शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश