2026-07-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘युवालाई ऊर्जा र उद्यमशीलतासँग जोड्नुपर्छ’ :खेलकूदमन्त्री

2019-07-26

साउन १०, काठमाडौँ  |  युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजले आज आयोजना गरेको ‘केसिसी एक्जिबिट २०१९’को उद्घाटन कार्यक्रममा उहाँले देश विकासमा युवाको भूमिकामा जोड दिनुभयो । 

मन्त्री सुनारले युवालाई विज्ञान–प्रविधिसँग जोड्दै जानुपर्ने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्नेमा उहाँको जोड थियो । नेपालमा दक्ष र प्राविधिक जनशक्तिको उत्पादन बढाउँदै जानुपर्ने उहाँले बताउनुभयो । युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो देशभित्र श्रमको सम्मान नभएकामा अहिले हामी त्यो बदल्न लाग्नुपर्छ ।”

राष्ट्रिय सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको महत्वपूर्ण भूमिका हुने मन्त्री सुनारले बताउनुभयो । यस्ता कार्यक्रमहरुले नै युवालाई अघि बढाउने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “युवाहरुलाई खाडी देशमा होइन यहीँ अनुसन्धान र स्वरोजगारीमा लगाउनुपर्छ ।”

नेपाल सरकारको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोका लागि मात्र नभई दिगोपनका लागिसमेत प्रयोग गर्नुपर्ने बताउनुभयो । 

प्राध्यापक रामकृष्ण रेग्मीले दिगो विकास लक्ष्यतर्फ अघि बढ्न यस्ता प्रदर्शनीले सहयोग गर्ने उल्लेख गर्नुभयो । 

नेपाल इञ्जिनीयरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले दिगो विकासका लक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताउनुभयो । कलेजका अध्यक्ष सुमन कटवालले कलेजले बर्सेनी यस्ता प्रदर्शनी गर्दै आएको बताउनुभयो । 

प्रदर्शनीमा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इञ्जिनीयरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा खेलकूदका स्टल, चार खाजा स्टल रहेको छ । कार्यक्रम शनिबारसम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रममा दुई दिनमा २५ हजार अवलोकनकर्ताको अपेक्षा गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली