२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

२०७६, १० श्रावण शुक्रबार १०:२३

साउन १०, कास्की  | अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा दोस्रो सन्तान छोरा जन्माएकामा उहाँको आज बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभएको छ । 

मृतकका आफन्तले भने डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले दोषी चिकित्सकले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग गरेका छन् । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । 

मृतकका भाइ वसन्त थापामगरले सुत्केरी ब्यथा लागेपछि बिहीबार बिहान ८ बजे अस्पताल भर्ना गरिएको र बेलुका बच्चाको जन्म भएपछि लामो समय रक्तश्राव नरोकिएको बताउनुभयो । रक्तश्राव भएकाबारे पटकपटक चिकित्सकलाई जानकारी गराउँदा केही समयपछि ठीक हुने बताएर यसलाई गम्भीररुपमा नलिँदा सुत्केरीको ज्यान गएको उहाँको भनाइ छ ।

रक्तश्राव रोकथामका लागि प्रयास नगरेको र ढिलो गरी चार पोका रगत माग गरेको तथा पाठेघरको शल्यक्रियाका कारणले गर्दा नै सुत्केरीको ज्यान गएको आफन्तको आरोप छ । अस्पताल स्रोतले भने रक्तश्राव रोकथामका लागि हरसम्भव प्रयास गर्दा पनि सफल नभएपछि अन्तिम विकल्पका रुपमा पाठेघरको शल्यक्रिया गरिएको बताएको छ । अहिले अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म