2026-09-18 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ सरकारद्वारा पशुपालनका लागि ६ करोड अनुदान वितरण

साउन १२, हेटौँडा । प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ ।

कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो ।

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पशु अनुदान शीर्षकअन्तर्गत रु ६ करोड ५२ लाख वितरण गरेको जनाएको छ । पशु व्यवसाय विकास तथा विस्तारका लागि मन्त्रालयले प्रदेशअन्तर्गत पर्ने १३ वटै जिल्लाका किसानलाई निश्चित कार्यविधि बनाएर अनुदान रकम वितरण गरेको हो ।

मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ वटा सहकारीमा रु एक करोड पचास लाख वितरण गरेको जनाएको छ ।

जसमा चितवनको ७४, मकवानपुर, काभ्रे र ललितपुरको २२÷२२, दोलखाको दुई, धादिङ र नुवाकोटको एक/एक वटा सहकारी छन् ।

मन्त्रालयकी पशु विकास शाखा अधिकृत डा सबिना मिश्रका अनुसार मन्त्रालयले दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने भनिए पनि रकम अभावका कारण २५ पैसा मात्रै वितरण गरिएको छ । 

त्यस्तै चितवन, दोलखा र मकवानपुरमा तीनवटा दाना उद्योग सञ्चालनका लागि रु एक करोड ६५ लाख ५४ हजार अनुदान वितरण गरिएको डा मिश्रले बतानुभयो ।

मन्त्रालयले चितवन, ललितपुर र हेटौँडामा तीनवटा पशु बधशाला निर्माणका लागि पनि बजेट दिएको छ । तीन जिल्लामा बधशालाका लागि रु एक करोड पचास लाख प्रदान गरिएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी प्रदेशभर १३ वटा पशु बधस्थल निर्माणका लागि रु ८६ लाख ७६ हजार खर्च भएको छ । प्रदेश मन्त्रालयले चितवन र धादिङमा तीन÷तीन, सिन्धुली र दोलखामा एक÷एक तथा ललितपुरमा पाँच पशु बधस्थल निर्माणमा उक्त रकम खर्च भएको जनाइएको छ ।

प्रदेशका तीन वटा जिल्लामा २३ वटा चिलिङ भ्याट खरिद गर्नका लागि एक करोड पचास लाख बजेट पठाएको मन्त्रालयले जनाएको छ । चितवनमा मात्रै १७ वटा चिलिङ भ्याटका लागि रकम दिइएको छ भने ललितपुरमा दुई, मकवानपुर, काठमाडौँ, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरमा एक÷एक वटा चिलिङ भ्याट खरिदमा अनुदान दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २० वटा मिल्क एनलाइजर खरिद गर्नका लागि रु ९८ लाख २७ हजार विभिन्न पाँच वटा जिल्लामा अनुदानस्वरुप रकम वितरण गरेको छ ।

जसअनुसार चितवनमा १३, मकवानपुरमा तीन, काठमाडौँमा दुई, धादिङ र दोलखामा एक÷एक वटा मिल्क एनालाइजर खरिद गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई