२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बाढी पहिरोको क्षेती संकलन तिब्र

१३ श्रावण २०७६, सोमबार ११:२१

चिसाङ शेर्पा | साउन, १३ खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाले लामो खडेरी र लगातारको वर्षापछिको क्षतिको विवरण संकलन तिब्र रुपमा थालेको छ । २६ असार रातीबाट हप्तादिन परेको वर्षासँगै आएको बाढी र पहिरोले क्षति गरेको मानवीय संरचना तथा भौतिक संरचनाहरुको यक्किन विवरण संकलनको काम थालेको हो ।

बाढी पहिरोले दिक्तेल हलेसी सडक खण्डको मुख्यमुख्य भागमा ठूल्ठूला क्षति गरेपछि सडक अवरोधलाई हटाएर यात्रुहरुलाई सुविधा दिदै आएको नगरपालिकाले शनिबारदेखी प्रत्येक वडामा पुगेर पिडीतसँग प्रत्यक्ष कुराकानी र क्षतिको नमुना हेरेर वास्तविक विवरण संकलन अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ । ११ वडा रहेको नगरपालिकाको बाहुनीडाँडा र डिकुवामा क्षति विरणर संकलन गरिएको छ ।

अनुगमन गरिएको दुई वडामा केही घरमा वस्नै नसकिने, भौगोलिक विकटता, भिरालो जमिनमै घर बनाएर वस्नुपर्दा तलबाट बगाउने र माथीबाट पुर्ने समस्याले अधिकांश घरहरु उच्च जोखिममा परेको, नदी तटिय क्षेत्रमा रहेको खेतीयोग्य जमिनमा माथिबाट आएको भलबाढीले पुरेर बगरमा परिणत गरेकोे र तलबाट कटान गरेको, बाटोहरु भत्किएको-पुरेको, केही विधालयमा क्षति पुगेको तथा ग्रामिण सडकहरु पुरै ध्वस्त भएको, खानेपानी दुषित भएकाले नगरपालिकाको क्षमताभन्दा बाहिरको क्षति भएको नगरप्रमुख इवन राईले बताए ।

नगरपालिकाबाट तत्काल राहत दिनका लागि गोरेटो बाटोे नै छैन । घरघरमा ट्याक्टरबाट खाद्यन्न सामान पुग्ने गरेको थियो । मान्छेले ढाकर टेकुवा विसायो । त्यसकारण पहिले गोरेटो बाटो र ग्रामिण सडक पुगेको स्थानमा सडक मर्मत गर्छौ । नगरप्रमुख राईले भने, ‘अनि त्यसपछि राहतको कार्यक्रम लिएर जनताको घरदैलोमा जानेछौ । जसका लागि नगरपालिकाले खाद्य संकट क्षेत्र घोषणा गरेर बजेट छुट्याइसकेको छ ।’

बाढी पहिरो तथा कटानबाट क्षति भएका पीडितहरुलाई अन्य सहयोगका लागि प्रदेश र संघसँग पनि समन्वय गरिनेछ । बाढी पहिरो क्षति अन्तरगत सेवा, रोजगार र अवसरमा रहेका नगरवासीलाइ सामान्य सहयोग र बिशुद्ध कृषि पेशामा निर्भर, जसले दैनिक जीबन गुजारा गर्नका लागि कृषिमै भरपर्नु पर्ने उहाँहरुलाई विशेष राहतको कार्यक्रम ल्याएर आउने नगरप्रमुख राईले बताए । अन्य वडाहरुमा भएको क्षतिको विवरण पनि निरन्तर गरिने जनाइएको छ । बाढी र पहिरोले क्षति गरेपछि खाद्य संकट घोषणा गरी राहत वितरणको तयारी गर्दागदै निरन्तरको वर्षातका कारण ग्रामिण सडक र गोरेटो बाटोहरु भत्किए पछि राहतको कार्यक्रम रोकिएको थियो । सुख्खा क्षेत्र रहेको उक्त नगरपालिकामा लामो खडेरी, निरन्तरको बर्षा,बाढी र पहिरोले ठूलो क्षति गरेको थियो । यसैबिच, प्रदेशसभा सदस्य राजन राईले पनि बाहुनीडाँडाको वेता, टोड्के, दाम्ली, झापा, रुपाटार लिङलाममा भएको बाढी पहिरोको क्षतिको अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य