२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बाढी पहिरोको क्षेती संकलन तिब्र

२०७६, १३ श्रावण सोमबार ११:२१

चिसाङ शेर्पा | साउन, १३ खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाले लामो खडेरी र लगातारको वर्षापछिको क्षतिको विवरण संकलन तिब्र रुपमा थालेको छ । २६ असार रातीबाट हप्तादिन परेको वर्षासँगै आएको बाढी र पहिरोले क्षति गरेको मानवीय संरचना तथा भौतिक संरचनाहरुको यक्किन विवरण संकलनको काम थालेको हो ।

बाढी पहिरोले दिक्तेल हलेसी सडक खण्डको मुख्यमुख्य भागमा ठूल्ठूला क्षति गरेपछि सडक अवरोधलाई हटाएर यात्रुहरुलाई सुविधा दिदै आएको नगरपालिकाले शनिबारदेखी प्रत्येक वडामा पुगेर पिडीतसँग प्रत्यक्ष कुराकानी र क्षतिको नमुना हेरेर वास्तविक विवरण संकलन अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ । ११ वडा रहेको नगरपालिकाको बाहुनीडाँडा र डिकुवामा क्षति विरणर संकलन गरिएको छ ।

अनुगमन गरिएको दुई वडामा केही घरमा वस्नै नसकिने, भौगोलिक विकटता, भिरालो जमिनमै घर बनाएर वस्नुपर्दा तलबाट बगाउने र माथीबाट पुर्ने समस्याले अधिकांश घरहरु उच्च जोखिममा परेको, नदी तटिय क्षेत्रमा रहेको खेतीयोग्य जमिनमा माथिबाट आएको भलबाढीले पुरेर बगरमा परिणत गरेकोे र तलबाट कटान गरेको, बाटोहरु भत्किएको-पुरेको, केही विधालयमा क्षति पुगेको तथा ग्रामिण सडकहरु पुरै ध्वस्त भएको, खानेपानी दुषित भएकाले नगरपालिकाको क्षमताभन्दा बाहिरको क्षति भएको नगरप्रमुख इवन राईले बताए ।

नगरपालिकाबाट तत्काल राहत दिनका लागि गोरेटो बाटोे नै छैन । घरघरमा ट्याक्टरबाट खाद्यन्न सामान पुग्ने गरेको थियो । मान्छेले ढाकर टेकुवा विसायो । त्यसकारण पहिले गोरेटो बाटो र ग्रामिण सडक पुगेको स्थानमा सडक मर्मत गर्छौ । नगरप्रमुख राईले भने, ‘अनि त्यसपछि राहतको कार्यक्रम लिएर जनताको घरदैलोमा जानेछौ । जसका लागि नगरपालिकाले खाद्य संकट क्षेत्र घोषणा गरेर बजेट छुट्याइसकेको छ ।’

बाढी पहिरो तथा कटानबाट क्षति भएका पीडितहरुलाई अन्य सहयोगका लागि प्रदेश र संघसँग पनि समन्वय गरिनेछ । बाढी पहिरो क्षति अन्तरगत सेवा, रोजगार र अवसरमा रहेका नगरवासीलाइ सामान्य सहयोग र बिशुद्ध कृषि पेशामा निर्भर, जसले दैनिक जीबन गुजारा गर्नका लागि कृषिमै भरपर्नु पर्ने उहाँहरुलाई विशेष राहतको कार्यक्रम ल्याएर आउने नगरप्रमुख राईले बताए । अन्य वडाहरुमा भएको क्षतिको विवरण पनि निरन्तर गरिने जनाइएको छ । बाढी र पहिरोले क्षति गरेपछि खाद्य संकट घोषणा गरी राहत वितरणको तयारी गर्दागदै निरन्तरको वर्षातका कारण ग्रामिण सडक र गोरेटो बाटोहरु भत्किए पछि राहतको कार्यक्रम रोकिएको थियो । सुख्खा क्षेत्र रहेको उक्त नगरपालिकामा लामो खडेरी, निरन्तरको बर्षा,बाढी र पहिरोले ठूलो क्षति गरेको थियो । यसैबिच, प्रदेशसभा सदस्य राजन राईले पनि बाहुनीडाँडाको वेता, टोड्के, दाम्ली, झापा, रुपाटार लिङलाममा भएको बाढी पहिरोको क्षतिको अनुगमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?