2026-07-24 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरुण दलको उदारताः आगोले दुवै हात र निधार पोलेको बालकलाई १ लाख १३ हजार सहयोग

साउन १३, खोटाङ | आगोले दुवै हात र निधार पोलेर शक्त घाईते भएका ५ महिने बालकलाई नेपाल तरुण दल खोटाङले आर्थिक सहयोग गरेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी निर्मला राईको कान्छा छोरा प्रबिन राईलाई आइतबार साँझ १ लाख १३ हजार ३६५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

गत शुक्रबार मध्यान्ह १२ वजे घरैमा दाजुले हेरचाह गर्दागर्दैे बालक एक्कासी अगेनामा परेका थिए । आमाबुबा खेतबारीमा काममा थिए । अगेनामा दुवै हात, निधार तथा शरीरका विभिन्न भाग पोलिएर घाईते भएका बालकलाई उपचारका निम्ति जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । परिवारले अस्पतालमा ल्याए पनि त्यहाँ उपचार हुन नसकेर रेफर गरिएको बालकको बारेमा टेम्माका विक्रम राईले थाहा पाएर समस्या बाहिर आएपछि तत्काल जुटेर आर्थिक सहयोग गरिएको नेपाल तरुण दल खोटाङका जिल्ला उपाध्यक्ष सन्जय कुमार राईले बताए । अगेनामा परेर दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा असर परी रक्तसञ्चार नभएको, निधारमा गम्भीर असर पुगेको र संक्रमण भएकाले बालकलाई कान्ती वाल अस्पताल काठमाण्डौ रेफर गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख नविन देवकोटाले बताए ।

तरुण दलको अगुवाईमा ५३ जना सहयोगीदाताबाट संकलन भएको रकम अस्पताल परिसरमा एक कार्यक्रमकाबीच तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले बालकका आमालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै बालकको थप उपचारका लागि अझै पहल गरिने उनले बताए । बालकका आमालाई सञ्चार सेवामा थप सहजताका लागि एकवटा मोवाईल र सिमकार्ड पनि हस्तान्तरण गरिएको छ । दिक्तेलबाट काठमाण्डौसम्म निःशुल्क गाडीको व्यवस्था गरी घाइते बालकलाई आमाका साथमा सोही दिन साँझ काठमाण्डौ पठाइएको छ । त्यहाँ पनि निःशुल्क उपचारको व्यवस्था मिलाइएको तरुण दल खोटाङले जनाएको छ । निर्मलाको तीन छोरी ६ छोरा छन् ।

तश्वीरमा: बालकका आमालाई सहयोग रकम हस्तान्तरण गर्दै तरुण दल अध्यक्ष भीषण राई । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक