२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिशुको उपचार खर्च जुटाउनमा लागे किराया खोटाङ

२०७६, १४ श्रावण मंगलवार ०४:५३

चिसाङ शेर्पा  | साउन १४, खोटाङ | अगेनामा परेर दुवै हात र निधार आगोले पोलेर गम्भीर घाईते भएका शिशुको थप उपचार सहयोगका लागि किरात राई यायोक्खा खोटाङले आर्थिक संकलन अभियान सुरुवात गरेको छ ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान असारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रविन राईको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको हो ।

सोमबार दिक्तेलमा बसेको बैठकले यायोक्खाका अध्यक्ष हात्तिराम राईको संयोजकत्वमा सात सदस्यीय आर्थिक संकलन अभियान समिति बनाएर आर्थिक संकलन थालेको छ । समितिको आर्थिक संयोजकमा सीता थुलुङ, सदस्यहरुमा सन्जय कुमार राई, दमन राई, सुशिला निनाम, पवन राई र सुमन राई छन् । देश विदेशबाट चाँडो भन्दा चाँडो सहयोग रकम संकलन गरेर शिशुको उपचारमा पठाइने आर्थिक संकलन अभियानका अभियन्ता सन्जय कुमार राईले जानकारी दिए । शिशुको उपचारमा आर्थिक सहयोग गरेर अभियानमा ऐक्यवद्धता जनाई दिन उनले आग्रह गरे । 

१० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न जाँदा छोरा अगेनामा परेको आमा निर्मलाले बताईन् । आगोले शिशुको दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा गम्भीर असर पुगेको छ । निर्मलाको तीन छोरी ६ छोरा छन् । अगेनामा परेको दिननै जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि ल्याए पनि त्यहाँ उपचार हुन नसकेपछि गम्भीर घाईते शिशु लिएर घर फर्कन लागेका निर्मलालाई आईतबार नेपाल तरुण दल खोटाङले छोराको उपचार गराउनलाई १ लाख १३ हजार ३६५ सहयोग जुटाइ काठमाण्डौ पठाएको थियो ।

नेपाली कांग्रेस खोटाङ–काठमाण्डौ सम्पर्क समितिको वन्दोवस्तमा शिशुको कान्ती वाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भइरहेको नेपाली कांग्रेस खोटाङ क्षेत्र नं. २ का क्षेत्रिय सभापति तीर्थराज भट्टराईले बताए । आगोले पोलेको ७२ घण्टाभन्दा पछाडी उपचारमा पुगेकाले सेलहरु मरिसक्ने हुनाले दुवै हातको औला काट्नुपर्ने चिकित्सकले प्रारम्भिक अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?