२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिशुको उपचार खर्च जुटाउनमा लागे किराया खोटाङ

१४ श्रावण २०७६, मंगलवार ०४:५३

चिसाङ शेर्पा  | साउन १४, खोटाङ | अगेनामा परेर दुवै हात र निधार आगोले पोलेर गम्भीर घाईते भएका शिशुको थप उपचार सहयोगका लागि किरात राई यायोक्खा खोटाङले आर्थिक संकलन अभियान सुरुवात गरेको छ ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान असारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रविन राईको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको हो ।

सोमबार दिक्तेलमा बसेको बैठकले यायोक्खाका अध्यक्ष हात्तिराम राईको संयोजकत्वमा सात सदस्यीय आर्थिक संकलन अभियान समिति बनाएर आर्थिक संकलन थालेको छ । समितिको आर्थिक संयोजकमा सीता थुलुङ, सदस्यहरुमा सन्जय कुमार राई, दमन राई, सुशिला निनाम, पवन राई र सुमन राई छन् । देश विदेशबाट चाँडो भन्दा चाँडो सहयोग रकम संकलन गरेर शिशुको उपचारमा पठाइने आर्थिक संकलन अभियानका अभियन्ता सन्जय कुमार राईले जानकारी दिए । शिशुको उपचारमा आर्थिक सहयोग गरेर अभियानमा ऐक्यवद्धता जनाई दिन उनले आग्रह गरे । 

१० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न जाँदा छोरा अगेनामा परेको आमा निर्मलाले बताईन् । आगोले शिशुको दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा गम्भीर असर पुगेको छ । निर्मलाको तीन छोरी ६ छोरा छन् । अगेनामा परेको दिननै जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि ल्याए पनि त्यहाँ उपचार हुन नसकेपछि गम्भीर घाईते शिशु लिएर घर फर्कन लागेका निर्मलालाई आईतबार नेपाल तरुण दल खोटाङले छोराको उपचार गराउनलाई १ लाख १३ हजार ३६५ सहयोग जुटाइ काठमाण्डौ पठाएको थियो ।

नेपाली कांग्रेस खोटाङ–काठमाण्डौ सम्पर्क समितिको वन्दोवस्तमा शिशुको कान्ती वाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भइरहेको नेपाली कांग्रेस खोटाङ क्षेत्र नं. २ का क्षेत्रिय सभापति तीर्थराज भट्टराईले बताए । आगोले पोलेको ७२ घण्टाभन्दा पछाडी उपचारमा पुगेकाले सेलहरु मरिसक्ने हुनाले दुवै हातको औला काट्नुपर्ने चिकित्सकले प्रारम्भिक अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य