2026-08-29 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढीगण्डकीको मुआब्जा नरोक्न माग

साउन १५, काठमाडौँ । नेपाली काङ्ग्रेसले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाका केही स्थानका घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य एका एक रोक्का गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । 

काङ्ग्रेसले सो परियोजना निर्माण गर्दा डुबानमा पर्ने गोरखा र धादिङका धेरै गाउँपालिकाको जग्गाको मुआब्जा वितरण भइसकेको तर आरुघाटबजार, खहरेबजार र आरखेतबजार क्षेत्रको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य सरकारको आदेशमा एकाएक रोक्का गरिएको आरोप लगाएको छ ।  

परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारको घरजग्गा चार/पाँच वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएपछि सो क्षेत्रका बासिन्दा मारमा परेका छन् । 

पार्टी केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले उक्त अवस्थालाई ध्यानमा राखी सो बजार क्षेत्रमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्ब वितरण गर्न माग गर्ने निर्णय गरेको हो ।

गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रीत छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, शङ्कर भण्डारीले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । 

यस बाहेक बैठकमा विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचिमाथि छलफल जारी रहेको पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक यही साउन १७ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो