२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको सत्यवतीका पहिरो पिडितलाई लायन्स क्लवको सहयोग

२०७६, १६ श्रावण बिहीबार १०:२७

कमल पौडेल |  साउन १६, बागलुङ | लायन्स क्लव अफ धौलागिरि बागलुङ र लायन्स क्लव अफ बागलुङ सिटिको तर्फवाट गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पिडितहरुलाई राहत वितरण गरिएको छ। क्लवका अध्यक्ष लायन राजन शाक्य नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललाई सो राहत सामाग्रि हस्तान्तरण गरेको हो।

 क्लवका अध्यक्ष शाक्यले पिडितहरुलाई केहिभएपनि राहत होस भन्ने हेतुले रकम संकलन गरिएको वताउनु भएको थियो। नगद २५ हजार र केहि औषधि हस्तान्तरण गर्दै शाक्यले अवको केहि दिनमा लायन्स क्लव अन्तराष्ट्रिय वाट ११ लाख भन्दा वढि नगद आउँदै गरेको जानकारी समेत गराउनुभएको थियो। सो राहत वितरण कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले राहत रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

उपप्रमुख सुवर्ण शाही शेरचनले प्राकृतिक विपत्तिको सामना गर्न सवैको सहयोग हुनुपर्ने वताउनु भएको थियो। कार्यक्रम लायन्स क्लव अफ धौलागिरिका सचिव गणेश महतोको सञ्चालनमा सम्पन्न भएको थियो। गत श्रावण ७ गते गएको पहिरोवाट गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा १३ जनाको मृत्यू भएको थियो भने २ जना घाइते भएका थिए। सो पहिरोबाट करिव ३ सय वढि घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ