२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको सत्यवतीका पहिरो पिडितलाई लायन्स क्लवको सहयोग

१६ श्रावण २०७६, बिहीबार १०:२७

कमल पौडेल |  साउन १६, बागलुङ | लायन्स क्लव अफ धौलागिरि बागलुङ र लायन्स क्लव अफ बागलुङ सिटिको तर्फवाट गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पिडितहरुलाई राहत वितरण गरिएको छ। क्लवका अध्यक्ष लायन राजन शाक्य नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललाई सो राहत सामाग्रि हस्तान्तरण गरेको हो।

 क्लवका अध्यक्ष शाक्यले पिडितहरुलाई केहिभएपनि राहत होस भन्ने हेतुले रकम संकलन गरिएको वताउनु भएको थियो। नगद २५ हजार र केहि औषधि हस्तान्तरण गर्दै शाक्यले अवको केहि दिनमा लायन्स क्लव अन्तराष्ट्रिय वाट ११ लाख भन्दा वढि नगद आउँदै गरेको जानकारी समेत गराउनुभएको थियो। सो राहत वितरण कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले राहत रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

उपप्रमुख सुवर्ण शाही शेरचनले प्राकृतिक विपत्तिको सामना गर्न सवैको सहयोग हुनुपर्ने वताउनु भएको थियो। कार्यक्रम लायन्स क्लव अफ धौलागिरिका सचिव गणेश महतोको सञ्चालनमा सम्पन्न भएको थियो। गत श्रावण ७ गते गएको पहिरोवाट गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा १३ जनाको मृत्यू भएको थियो भने २ जना घाइते भएका थिए। सो पहिरोबाट करिव ३ सय वढि घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला