२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सालझण्डी ढोरपाटन सडक खण्डको ट्रयाक खुलेपछि स्थानीय लाई फाइदै फाइदा

२०७२, २४ भाद्र बिहीबार ०४:०५

जितेन्द्र खत्रि, भदौ २४, अर्घाखाँचि / दुई ठाउँमा गाडि फेरी ७ घण्टाको गाडीको यात्रा पुरा गरी बुटवल पुग्ने पटौटी अर्घाखाँचीका राम लाल खत्रि अहिले करिव साडे २ घण्टामै बुटवल पुग्नुहुन्छ । पोखराथोक ४ अर्घाखाँचीका तान बहादुर खनाल बुटवलको लागि ३ घण्टाको पैदलबाटो हिंडी निगाली आएर ४ सय पचास रुपैयाँ भाडातिरेर पाल्पा हुँदै घण्टौ लगाएर बुटवल जानु पथ्र्यो । अहिले दुई घण्टामै २ सय रुपैया भाडा तिरेर बुटवल जाने गरेको बताउनु हुन्छ ।

बुटवल जान मोटरसाइकलमा झण्डै ५ घण्टा लगाउने पणेना अर्घाखाँचीका लिला राउत अहिले २ घण्टामै बुटवल पुग्नु हुन्छ । काश्यप , रास्कोटी र पोख्रेलका कुरा सुन्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविकै हो । तर सालझण्डी देखि सन्धिखर्क हुँदै ढोरपाटन सम्मको ट्रयाक खुले सँगै अर्घाखाँची जिल्लाका हजारौ स्थानीय बासिन्दालाई निकै राहतको महसुस भएको छ । बुटवलबाट गोरुसिङ्गे सन्धिखर्क सडक भएर सन्धिखर्क आउनु भन्दा सालझण्डी ढोरपाटन भएर आउँदा २७ किलोमिटर दुरी छोटो भएपछि जिल्लाका बासिन्दलाई यात्रा गर्न सजिलो भएको हो ।

बुटवलको लागि गोरुसिङ्गे सन्धिखर्क सडक भेटाउन घुम्टि पर्खनु पर्ने पोखराथोक, पटौटी पणेना, धातिवाङ्ग, मैदान, पाली अड्गुरी र खिदिमका बासिन्दाहरुले आफ्नै घर आँगनबाट सालझण्डी ढोरपाटन सडक बने सँगै निकै खुसी भएका छन् । गाउँको बाटो भएर सडक गएपछि अहिले अर्घाखाँचि र गुल्मी जिल्लाका विकट ग्रामिण क्षेत्रहरु समेत बजारीकरण बन्दै गएका छन् । घनाजङ्गल र बस्ती नै नभएका खर्कहरु समेत अहिले मानव बस्तीका कारण निक्कै आकर्षक स्थान बन्न पुगेका छन् भने एक दुईवटा खरले छाएर बनाइएको झुपडीहरुमा अहिले आकर्षक पक्की घरहरु बनाईदै गरेको देख्न पाइन्छ । सालझण्डी ढोरपाटन सडक निर्माणसँग सडक आसपासका क्षेत्रमा जग्गा जमिनको मुल्य समेत आकाशीयको स्थानीय बासिन्दाहरुको भनाई छ ।

सडक निर्माणको काम सुरुवात भएसँगै गाउँमा सहरबाट जग्गा किन्न आउनेहरुको भिड लागेको स्थानीयको भनाई छ । ३÷४ वर्ष पहिलेसम्म सित्तैमा जग्गा दिन्छौ भन्दा पनि कोहि किन्न आउने थिएनन् अहिले मुखको भाउमा जग्गा खोज्न आउने गर्दछन् पोखराथोक ९ का रामबहादुर थापाले बताउनु भयो । सडक निर्माणसँगै अहिले अर्घाखाँचीको सन्धिखर्क, रतनमारे ,निगाली देउराली ,रुपन्देहीको सालझण्ण्डी, गुल्मीको पुर्काेट दह, अर्खवाङ्ग, बाग्लुङ्को राजकुट, देविस्थान लगायतका बजार क्षेत्रमा घडेरीको मुल्य निक्कै आकासीएको छ । सन्धिखर्कमा एकहात घडेरीको मुल्य ५ लाख ५० हजार सम्म पर्ने गरेको स्थानीयको भनाई छ । सडक छेउकै ग्रामिण इलाका बजार क्षेत्रहरुमा प्रतिहात ५० हजार मुल्यमा घडेरी विक्रि हुने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

झण्डै ५ वर्ष पहिलेबाट सुरु भएको सडक निर्माणको कामलाई निक्कै तिब्रताका साथ अगाडि बढाइएको छ। हाल सालझण्डी देखि ढोरपाटन सम्म सडकको ट्राक समेत खुलेको छ भने सालझण्डी देखि पुर्काेट दहसम्मको १ सय ५ किलोमिटर सडकमा डबल कटिङको काम समेत पुरा भएको छ भने पुर्काेटदह देखि अर्खवाङ्ग बुर्तिवाङ्ग हुँदै ढोरपाटन सम्म समेत कटिङ्गको काम भई रहेको छ । यस वर्ष सालझण्डी देखि रतनमार ेसम्मको करिव ९० किलोमिटर सडक खण्ड ग्राभल गर्ने तयारी भई रहेको सालझण्डी ढोरपाटन सडक आयोजनाका सव इन्जीनीयर गोपाल थापाले जानाकारी दिनुभयो । अघिल्लो वर्ष करिव १६ करोडको काम भएकोमा यस वर्ष करीव १४ करोड रुपैषको लागतको काम भई रहेको सडक आयोजनाका प्रमुख मेघराज मरासिनीले बताउनु भयो । सडकमा आफुले साेंचे जती गतीमा काम अगाडि बढाउन नसके पनि भई रहेको काम प्रति आफुहरु सन्तुष्ट रहेको मरासिनीको भनाई छ ।

सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सदरमुकाम सन्धिखर्कको रुटमा भने लामो समयदेखि विवाद रहँदै आएको छ । चुत्रावेशी सन्धिखर्क बजारको विचबाट सडक लैजाँदा सयौ घरहरुमा क्षति पुग्नुका साथै करौडौको आर्थिक तथा भौतीक विनास व्यहोर्नुपर्ने भन्दै स्थानीय बासिन्तदाले बजार बाहिरबाट सडक लैजान आग्रह गरेका छन् । स्थानीय बासिन्दाको आग्रह अनुसार बजार बाहिरबाट सडक लैजाने तयारीमा जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरु समेत सकरात्मक बन्दै गएकाले बजारको समस्या समेत टर्नेभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो