जितेन्द्र खत्रि, भदौ २४, अर्घाखाँचि / दुई ठाउँमा गाडि फेरी ७ घण्टाको गाडीको यात्रा पुरा गरी बुटवल पुग्ने पटौटी अर्घाखाँचीका राम लाल खत्रि अहिले करिव साडे २ घण्टामै बुटवल पुग्नुहुन्छ । पोखराथोक ४ अर्घाखाँचीका तान बहादुर खनाल बुटवलको लागि ३ घण्टाको पैदलबाटो हिंडी निगाली आएर ४ सय पचास रुपैयाँ भाडातिरेर पाल्पा हुँदै घण्टौ लगाएर बुटवल जानु पथ्र्यो । अहिले दुई घण्टामै २ सय रुपैया भाडा तिरेर बुटवल जाने गरेको बताउनु हुन्छ ।
बुटवल जान मोटरसाइकलमा झण्डै ५ घण्टा लगाउने पणेना अर्घाखाँचीका लिला राउत अहिले २ घण्टामै बुटवल पुग्नु हुन्छ । काश्यप , रास्कोटी र पोख्रेलका कुरा सुन्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविकै हो । तर सालझण्डी देखि सन्धिखर्क हुँदै ढोरपाटन सम्मको ट्रयाक खुले सँगै अर्घाखाँची जिल्लाका हजारौ स्थानीय बासिन्दालाई निकै राहतको महसुस भएको छ । बुटवलबाट गोरुसिङ्गे सन्धिखर्क सडक भएर सन्धिखर्क आउनु भन्दा सालझण्डी ढोरपाटन भएर आउँदा २७ किलोमिटर दुरी छोटो भएपछि जिल्लाका बासिन्दलाई यात्रा गर्न सजिलो भएको हो ।
बुटवलको लागि गोरुसिङ्गे सन्धिखर्क सडक भेटाउन घुम्टि पर्खनु पर्ने पोखराथोक, पटौटी पणेना, धातिवाङ्ग, मैदान, पाली अड्गुरी र खिदिमका बासिन्दाहरुले आफ्नै घर आँगनबाट सालझण्डी ढोरपाटन सडक बने सँगै निकै खुसी भएका छन् । गाउँको बाटो भएर सडक गएपछि अहिले अर्घाखाँचि र गुल्मी जिल्लाका विकट ग्रामिण क्षेत्रहरु समेत बजारीकरण बन्दै गएका छन् । घनाजङ्गल र बस्ती नै नभएका खर्कहरु समेत अहिले मानव बस्तीका कारण निक्कै आकर्षक स्थान बन्न पुगेका छन् भने एक दुईवटा खरले छाएर बनाइएको झुपडीहरुमा अहिले आकर्षक पक्की घरहरु बनाईदै गरेको देख्न पाइन्छ । सालझण्डी ढोरपाटन सडक निर्माणसँग सडक आसपासका क्षेत्रमा जग्गा जमिनको मुल्य समेत आकाशीयको स्थानीय बासिन्दाहरुको भनाई छ ।
सडक निर्माणको काम सुरुवात भएसँगै गाउँमा सहरबाट जग्गा किन्न आउनेहरुको भिड लागेको स्थानीयको भनाई छ । ३÷४ वर्ष पहिलेसम्म सित्तैमा जग्गा दिन्छौ भन्दा पनि कोहि किन्न आउने थिएनन् अहिले मुखको भाउमा जग्गा खोज्न आउने गर्दछन् पोखराथोक ९ का रामबहादुर थापाले बताउनु भयो । सडक निर्माणसँगै अहिले अर्घाखाँचीको सन्धिखर्क, रतनमारे ,निगाली देउराली ,रुपन्देहीको सालझण्ण्डी, गुल्मीको पुर्काेट दह, अर्खवाङ्ग, बाग्लुङ्को राजकुट, देविस्थान लगायतका बजार क्षेत्रमा घडेरीको मुल्य निक्कै आकासीएको छ । सन्धिखर्कमा एकहात घडेरीको मुल्य ५ लाख ५० हजार सम्म पर्ने गरेको स्थानीयको भनाई छ । सडक छेउकै ग्रामिण इलाका बजार क्षेत्रहरुमा प्रतिहात ५० हजार मुल्यमा घडेरी विक्रि हुने गरेको स्थानीय बासिन्दाको भनाई छ ।
झण्डै ५ वर्ष पहिलेबाट सुरु भएको सडक निर्माणको कामलाई निक्कै तिब्रताका साथ अगाडि बढाइएको छ। हाल सालझण्डी देखि ढोरपाटन सम्म सडकको ट्राक समेत खुलेको छ भने सालझण्डी देखि पुर्काेट दहसम्मको १ सय ५ किलोमिटर सडकमा डबल कटिङको काम समेत पुरा भएको छ भने पुर्काेटदह देखि अर्खवाङ्ग बुर्तिवाङ्ग हुँदै ढोरपाटन सम्म समेत कटिङ्गको काम भई रहेको छ ।
यस वर्ष सालझण्डी देखि रतनमार ेसम्मको करिव ९० किलोमिटर सडक खण्ड ग्राभल गर्ने तयारी भई रहेको सालझण्डी ढोरपाटन सडक आयोजनाका सव इन्जीनीयर गोपाल थापाले जानाकारी दिनुभयो । अघिल्लो वर्ष करिव १६ करोडको काम भएकोमा यस वर्ष करीव १४ करोड रुपैषको लागतको काम भई रहेको सडक आयोजनाका प्रमुख मेघराज मरासिनीले बताउनु भयो । सडकमा आफुले साेंचे जती गतीमा काम अगाडि बढाउन नसके पनि भई रहेको काम प्रति आफुहरु सन्तुष्ट रहेको मरासिनीको भनाई छ ।
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सदरमुकाम सन्धिखर्कको रुटमा भने लामो समयदेखि विवाद रहँदै आएको छ । चुत्रावेशी सन्धिखर्क बजारको विचबाट सडक लैजाँदा सयौ घरहरुमा क्षति पुग्नुका साथै करौडौको आर्थिक तथा भौतीक विनास व्यहोर्नुपर्ने भन्दै स्थानीय बासिन्तदाले बजार बाहिरबाट सडक लैजान आग्रह गरेका छन् । स्थानीय बासिन्दाको आग्रह अनुसार बजार बाहिरबाट सडक लैजाने तयारीमा जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरु समेत सकरात्मक बन्दै गएकाले बजारको समस्या समेत टर्नेभएको छ ।