२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भुकम्प पिडीतलाई प्रवासी नेपालीको सहयोग

२०७२, २३ आश्विन शनिबार ०५:५८

असोज २३, बुटवल । गत बैशाख १२ गते गएको महाभुकम्पमा ८२ घण्टा पछि जिवित्तै उदार गरिएका अर्घाखाँचीको ढाकावाङ्ग–६ साम्नेगाउँका ऋषि खनाललाई कोरियामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

bhukampa pidit1

भुकम्पको कारण एउटा खुट्टा काट्न बाध्य भएका खनालाई थप उपचार र जीविको पार्जनको लागि ढाकावाङ्ग गाविसमा स्थायी घर भई हाल कोरियामा रहेका माधव खनालको संयोजनमा जम्मा गरिएको ६९ हजार रुपैया पिडीत खनालकी श्रीमतीलाई प्रदान गरिएको हो ।

ढाकावाङ्ग गाविस–३ ठुलाखोलामा स्थानिय योगेन्द्र खनालले ऋषि खनालकी श्रीमती कविता खनाल लाई ६९ हजार रुपैयाँ नगदै हस्तान्तरण गरेका हुन । सहयोग रकम जुटाउन संयोजनको भुमिका निर्वाह गरेका माधव खनालले ‘एक नेपालीको दुखमा अर्को नेपालीले सहयोग गर्नुपर्दछ’ भन्ने भावना अनुसार उनलाई उक्त रकम जम्मा गरेर सहयोग गरिएको जानकारी गराए ।

bhukampa pidit

१८ जना नेपाली र एक जना कोरियाली नागरिकले समेत रकम सहयोग गरेका छन् । सहयोग दातामा कमल बन्जाडे, माधव खनाल, राम्जी बन्जाडे, समुन्द्र खनाल, प्रकाश खनाल, राम मणि खनाल, पार्क जङ वून (कोरिएन ), जीवन भट्टराई, रुद्र चुदाली, ठाकुर खनाल, झबिन्द्र के सी, दिनेश थापा, दिनेश खनाल, मीन राज खनाल, प्रसान्त पण्डित, प्रेम कडेल, सुदीप बस्तोला, रुद्र भुजेल, बिजय राना , रन्जित गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से