१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

हाटबजार व्यवसायी संघको दशौ साधारण सभा सम्पन्न

२ चैत्र २०७२, मंगलवार ०५:१२

1चैत २, बुटवल । हाटबजार व्यवसायी संघ रुपन्देहीको दशौ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष भिमलाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले कुनै पनि हाटबजार सञ्चालनको लागि स्थानिय स्वात्त शासन ऐन २०५५ अनुसार स्वायत्तता प्रदान गरेको भन्दै हाटबजारको लागि चाहिने न्युनतम आधारभुत भौतिक संरचना स्थानिय निकायले नै निर्माण गर्नुपर्ने बताएका थिए ।

उनले हाटबजारमा न्युन लगानी भएका किसानहरुले दैनिक जिविको पार्जनको लागि व्यापार व्यवसाय गर्दै आएको भन्दै उनीहरुको दैनिक जिविकाको लागि पनि स्थानिय निकायबाट ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले न्युनतम आधाभुत भौतिक पुर्वाधार भएको स्थानमा मात्र जिल्ला कृषि बिकास कार्यालयले लगानी गर्ने बताएका थिए ।

उनले यस बर्ष पनि रुपन्देहीका १०/१२ वटा स्थानमा भौतिक पुर्वाधार निर्माणको लागि जिल्ला कृषि विकास कार्यालयले लगानी गर्ने योजना ल्याएको भन्दै यसको लागि सबैको सहकार्य आवश्यक भएको बताएका थिए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाका बरिष्ठ अधिकृत विष्णु प्रसाद खनालले हाटबजार व्यवसायीहरुमा पनि केही समस्या रहेको भन्दै किसानले आफुले चाहेको बस्तु सेडमा राखेर विक्रि गर्न पाउनुपर्ने बताएका थिए ।

2

कार्यक्रममा बुटवल उपपमहानगरपालिका का पुर्व नगरप्रमुख पुनाराम पोखरेल, नेपाली काग्रेसका नगर सभापती खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष उज्जवल कसजु, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसी, नेकपा एमालेका नगर सचिव किसन ज्ञवाली, एमाओवादीका हरि घिमिरे, राष्ट्रिय जनमोर्चाका टान बहादुर केसी, संघका देववदह शाखा अध्यक्ष कृष्ण अर्याल, पुर्व अध्यक्ष तथा कृषि संयोजक प्रकाश खनाल, सैना मैना नगरपालिका प्रतिनिधि प्रदिप गिरी, खुद्रा किराना व्यवसायी संघी अध्यक्ष कमला पाण्डे, सिद्धेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरि पन्त, नेपा राष्ट्रिय उद्योग व्यापार संगठनका कृष्ण प्रसाद अर्याल, संघका सह सचिव लिलाधर खरेल, शसक्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगयताले बोलको थिए । कार्यक्रम संघका उपाध्यक्ष टेक बहादुर जिसीको स्वागत तथा महासचिव छविलाल चापागाईले सञ्चालन गरेका थिए ।

पत्रकार खनाल पुरस्कृत 

3

हाटबजार व्यवसायी संघ रुपन्देहीले प्रत्येक २/२ बर्षमा प्रदान गर्दै आएको उत्कृष्ठ पत्रकारिता पुरस्कार पत्रकार कृष्ण खनालले प्राप्त गरेका छन् । विगत ८ बर्ष देखि रुपन्देहीको पत्रकारितामा संघर्षरत पत्रकार खनाल बुटवल टुडे दैनिकमा आवद्व छन् ।

उनलाई रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा, संघका अध्यक्ष भिमलाल ज्ञवालीले संयुक्त रुपमा सम्मान पत्र, दोसोल्ला, मायाको चिनोले सम्मान गरेका थिए । पुरस्कारको रासी नगद ५ हजार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल