१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

माण्डव्य समाज नेपालको केन्द्रीय नेतृत्व चयन

७ चैत्र २०७२, आईतवार १२:३७

जनकराज भण्डारी । चैत्र ७, बुटवल । माण्डव्य समाज नेपालको बुटवलमा जारी प्रथम राष्ट्रिय भेलाले हेमन्तराज माण्डव्यको नेतृत्वमा निर्विरोध केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

शनिबारदेखि जारी सो भेलाले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी विधान संशोधन गर्दै निर्विरोध केन्द्रीय समिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यमा किशोर ज्ञवाली, प्रदेशको जिम्मेवारी रहने गरी उपाध्यक्षहरुमा ओमप्रकाश भण्डार, नयाँराम बजगाई, बखतबहादुर कटवाल, रामसिंह रावल, त्रिबिक्रम ज्ञवालीर महिला उपाध्यक्षमा शोभा शर्मा ज्ञवाली रहेका छन् ।

त्यस्तै महासचिव मादीपक ज्ञवाली, सचिवहरुमा ज्योति भण्डारी, हरिप्रसाद ज्ञवाली, हंशराज अधिकारी र कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्विरोध चयन भएका हुन् । यसैगरी केन्द्रीय सदस्यहरुमा देवानन्द भण्डारी, जगत भण्डारी, मना अधिकारी, बाबुराम श्रेष्ठ, जनक भण्डारी, लालकेश उपाध्याय, केशव भण्डारी, शेरबहादुर बिष्ट, श्यामप्रसाद भण्डारी र कुश्माखर भण्डारी चयन भएको निर्वाचन समितिका संयोजक कुलानन्द ज्ञवालीले जनाए ।

बन्द सत्रले संघीय संरचना र बृहत् अनुसन्धान केन्द्रका रुपमा रहने गरी माण्डव्य समाज नेपालको विधानलाई पहिलो संशोधन गरेको थियो । समितिको नेतृत्व चयनका लागि कुलानन्द ज्ञवाली संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सो समितिका सदस्यहरुमा दुर्गाप्रसाद भण्डारी र नन्दराम भण्डारी रहेका थिए ।

बन्द सत्रमा समाजका अध्यक्षले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष शोभा ज्ञवालीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
भेलामा देशभरबाट २ सय ४० प्रतिनिधिहरुले भाग लिइरहेका छन् । शनिबारबाट शुरु भएको भेला सोमबार बुटवल घोषणापत्र जारी गर्दै समापन हुने नवनिर्वाचित अध्यक्ष हेमन्तराज माण्डव्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते