१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ

८ चैत्र २०७२, सोमबार ०६:३३

चैत्र ७, बुटवल / प्रतिबन्धित लागुऔषधसहित बुटवलका यातायात व्यवसायी सागर रिजाल पक्राउ परेका छन्।

७ सय एमएल कोरेक्ससहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले उनलाई पक्राउ गरेको हो। रिजालसँगै काठमाडौंका हिमाल गौचनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नेपालमा प्रतिबन्धित यो लागुऔषध सिमावर्ती भारतीय बजार सुनौलीबाट नेपालतर्फ ल्याउँदै गर्दा शनिबार प्रहरीले उनीहरुलाई बेलहियामा पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट १ सय एमएल परिमाणका ७ वटा बोतल प्रतिबन्धित कोरेक्ससहित ९ ट्याव्लेट नाईट्राभेटसमेत बरामद गरेको जनाएको छ।

मादक पदार्थ सेवन गरी सवारी हाक्नेहरुलाई प्रहरीले कडाईका साथ कार्बाही गर्न थालेपछि मादक पदार्थ सेवनकर्ताहरु लागु पदार्थको प्रयोग गर्न लागेको समाचार पटकपटक आउने गरेको थियो।

उनीहरुको साथमा रहेको लागु औषधको परिमाण हेर्दा उनिहरु लागु औषधका कारोबारी रहेको देखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो