2026-08-30 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा

साउन २५, सुर्खेत | काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवा यहाँको परिचय लिएर सहभागी हुने भएका छन् । नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न, मौलिक तथा साँस्कृतिक सामग्री र पर्यटनका आकर्षक गन्तव्यका परिचय बोकेर यहाँका २४ जना युवा सम्मेलनमा सहभागी हुने जानकारी दिएको हो । 

सम्मेलनमा १८ देखि ३० वर्षका महिला र पुरुष समावेश हुने युवा परिषद् कर्णाली प्रदेशका संयोजक ईन्द्रजित सुनारले बताउनुभयो । “यहाँ उत्पादन हुने रैथाने खाद्यान्नमा फाँपर, सिमी, कालीमार्सी धान, चिनो, जौ, कागुनो, उवा, लट्टे लिएर जान्छौं,” उहाँले भन्नुभयो, “साँस्कृतिक सामग्रीमा सिमल, उत्तीस र टुनी काठबाट बनेका पिर्का, खटिया, मधुस, कोशी, बटुको, मदानीजस्ता सामग्री सम्मेलनमा प्रदर्शन गर्छौं ।” त्यस्तै, परिचयसहितको कर्णालीका पर्यटकीय गन्तव्य पनि प्रदर्शन गरिने संयोजक सुनारले बताउनुभयो ।

यसैगरी हिमाली चिया, चिराइतो, दाल, स्याउको चिप्स, सिस्नुको साग, मह, भागोको तेल, चौंरीको छुर्पी, टिमुर, निखुरो, जिम्मुको महत्व पनि सम्मेलनमा दर्शाइने छ । ‘उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय दिवसका अवसरमा हुन लागेको राष्ट्रिय युवा सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२०, लैगिङ्क समानता, दिगो विकासका लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशीलता मुख्य विषयमा बहस हुने उहाँले बताउनुभयो ।  

सम्मेलनमा प्रत्येक प्रदेशका सहभागीले कार्ययोजना तयार गरी त्यसबाट प्राप्त हुने सुझाव समेटेर ‘काठमाडौं घोषणापत्र २०१९’जारी गरिने उहाँको भनाइ छ । उहाँका अनुसार सम्मेलनमा ७७ जिल्लाका एक महिला र एक पुरुष एवं ५० जना विभिन्न सामाजीक  सङ्घ/सङ्घसंस्था, समुदाय र वर्गगरी २०४ जनाको सहभागिता रहनेछ ।

माथीको तश्वीरमा: काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’ को तयारीका लागि नेपाल युवा परिषद् कर्णाली प्रदेशद्वारा सुर्खेतमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राउटे हर्के पुजारी सहभागीलाई नमस्कार गर्दै । कार्यक्रममा कर्णालीको रैथाने खाद्यान्न, राउटेद्वारा निर्मित सामग्री पनि राखिएको थियो ।  तस्बिरः शुरबहादुर सिंह

पत्रकार सम्मेलनमा सम्मेलनमा सहभागि हुने ममता अधिकारीले कर्णाली बोकेर सम्मेलनमा भाग लिने र सहभागीलाई बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय, बहुधार्मिकसहित प्राकृतिक रुपले विविधतायुक्त कर्णाली प्रदेश भ्रमणको निम्तो दिएर आउने बताउनुभयो । युवा खगेश्वर मल्लले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधार धार्मिक, साँस्कृतिक, कृषि, खेल र पर्यापर्यटन भएकाले यसको सन्देश सम्मेलनमार्फत फैलाउने प्रतिक्रिया दिनुभयो । 

राष्ट्रिय सम्मेलनबाट जारी ‘काठमाडौँ घोषणापत्र २०१९’ काठमाडौंबाट फर्केर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाउने र अबका दुई महीनाभित्र ‘कर्णाली युवा सम्मेलन’ सम्पन्न गर्ने नेपाल युवा परिषद् कर्णाली परिषद्ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने