वैशाख १४, बुटवल । महेन्द्र राजमार्गस्थित रुपन्देहीको बुटवलमा गएराति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
करिब ५५ वर्षीय मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मध्यरातमा ठक्कर दिएर सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।