वैशाख १४, काठमाडौं । झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जनाको नागरिकता आजको मन्त्रीपरिषद बैठकले खारेज गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको हो । उनीहरुले रुपन्देहीबाट नागरिकता लिएका थिए ।