४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

‘शव’व्यवस्थापन गर्न अञ्चल अस्पतालाई ‘सधै घाँडो’

२३ बैशाख २०७३, बिहीबार ०५:३४

lumbininकृष्ण खनाल/बैशाख २३, बुटवल । अस्पतालमा मृत्यु भएका तथा अन्य स्थानमा मृत्युभई पोष्टमार्टमको लागि अस्पतालमा ल्याइएका सव सम्बन्धीत आफन्तको पत्तो नलाग्दा लुम्बिनी अञ्चल अस्पताललाई शव व्यवस्थापन टाउको दुखाईको विषय भएको छ ।

केही समय पहिल १२ ओटा बेवारिसे शव व्यवस्थापन गरेको १५ दिन नबित्दै लुम्बिनी अञ्चल अस्तालतको शव राख्ने फ्रिज (मर्चरी) फेरि भरिएको कारण थप समस्या भएको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पतालमा १५ दिनको अवधिमा ६ ओटा बेवारिस शव जम्मा भएका हुन् । अस्पतालमा मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले मर्चरीमा एक साता अगाडिदेखि राखिएका शव व्यवस्थापन हुन नसक्दा अस्पतालमा पुनः दुर्गन्ध फैलिन थालेको बताउछन् । समयमै उपमहानगरपालिकाले बेवारिसे शवको व्यवस्थापन गर्न नसक्दा पटक–पटक समस्या आउने गरेको उनको भनाइ छ ।
अस्पतालमा रहेको मर्चरीको क्षमता ६ ओटा शवको मात्र हो ।

गत चैत १७ गते १ महीनापछि बुटवल उपमहानगरपालिले अस्पतालमा जम्मा भएका १२ ओटा शव व्यवस्थापन गरेको थियो । बेवारिसे शव बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्छ । तर, शव व्यवस्थापन गर्न स्थायी ठाउँ नहुँदा उपमहानगरपालिकालाई टाउको दुखाइको विषय बनेको छ । उचित स्थान नभएसम्म शव व्यवस्थान गर्न नसकिने बुटवल उपमहानगरपालिकाले बताएको छ ।

अस्पताल विकास समितिका सदस्य टंक पराजुलीले शव व्यवस्थापन गर्ने स्थानको अभाव हुँदा थप समस्या भएको बताउछन् । उनी भन्छन्–‘यसरी जम्मा भएका शव जलाउन नपाईने व्यवस्था हरेछ, अनिवार्य रुपमा गाड्नुपर्ने भएको कारण पनि जग्गा अभावको समस्या उत्पन्न भएको छ ।’

उनले अञ्चल अस्पताल विकास समितिले यस विषयमा बुटवल उपमहानगरपालिकालाई अनुरोध गर्ने समेत निर्णय भएको जानकारी दिए । उनले भने–‘शव व्यवस्थापन नहुँदा गर्मीको समयमा दुगन्ध फैलिदा झनै समस्या हुने गरेको पाएका छौ, यसको दिर्घकालिन व्यवस्थापनको लागि बुटवल उपमहानगरपालिकासंग आग्रह गर्ने निर्णय गरेका छौं ।

नयाँ ठाउँको टुङ्गो नलाग्दासम्म शव उठाउन नसकिने उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काबताउछन् । उनले जग्गा अभावको कारण थप समस्या सृजना भएको भन्दै यसको लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिए । पछिल्लो समय बुटवल तथा आसपासको क्षेत्रमा बेवारिस शव फेला पर्ने क्रम बढ्दै गएको छ ।

उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शव बुटवल–४ मैनाबगरमा व्यवस्थापन गर्दै आए पनि उक्त स्थान मानव बस्तीले भरिएपछि नयाँ स्थानको खोजी भइरहेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७१÷७२ मा १ सय १ शव व्यवस्थापन गरेको थियो ।

चालू आवको हालसम्मको अवधिमा २८ ओटा शव व्यवस्थापन गरेको छ । बेवारिसे शव अधिकांश मधेशी मूलका मानिसको रहने गरेको अस्पतालको भनाइ छ । उपमहानगरपालिकाले शव व्यवस्थापन गर्न पुराना घाट, सामुदायिक वन वा सार्वजनिक जग्गाको खोजी गरिरहेको बताएको छ ।

अस्पतालका अनुसार १ महीनामा १५ ओटाको हाराहारीमा शव सङ्कलन हुन थालेका छन् । जिल्लाका जुनसुकै स्थानमा फेला परेका शव तथा अस्पतालमा आएका दुर्घटनाका मृतकको शव सनाखत गर्न अस्पताल राखिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा