३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दुई सय २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२७ बैशाख २०७३, सोमबार १०:४१

बैशाख २७, बुटवल । शैक्षिक सामग्रीको अभावमा शिक्षा बाट विद्यार्थीहरु बञ्चित हुन नपरोस भन्ने हेतुले रुपन्देहीका विपन्न २ सय २० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

bag

सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीको आयोजना र जिल्ला शिक्षा कार्यालय रुपन्देहीको संमन्वयमा रुद्रपुरमा एक कार्यक्रमको आयोजना गरि उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो । सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम बहादुर वि.कको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेक बहादुरा थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले विद्यालय सेवा क्षेत्रभित्र नरहेका वालावालिकाहरुलाई विद्यालय सेवा क्षेत्र भित्र ल्याउनको लागि यस्तो प्रकृतिको कार्यक्रम आयोजना हुनु राम्रो विषय भएको बताएका थिए ।उनले भने–‘शिक्षालिनबाट जो कोही बालबालिका बञ्चित हुनुहुदैन, संविधानमा समेत आधारभुत अधिकारको रुपमा शिक्षा आर्जन गर्न पाउनुपर्ने उल्लेख गरिएको छ, यो अभियानमा सबैको साथ चाहिन्छ, हामी पनि कार्य गर्न तयार छौं ।’

कार्यक्रममा केन्द्रकी उपाध्यक्ष ज्ञानुमाया बेल्बासेले स्वागत मन्तव्य राखेकी थिईन् भने कार्यक्रम संयोजक गोपाल केसीले कार्यक्रम आयोजना गर्नुको उदेश्यमाथी प्रकाश पारेका थिए । उनले गत बर्ष १ सय २० जना विद्यार्थीहरुलाई पुन भर्ना गराउनको लागि विकास केन्द्र सफल भएको भन्दै यस बर्ष २ सय २० जना विपन्न विद्यार्थीहरुलाई झोला, कापी, कलम लगायतका स्टेशनरी समाग्री प्रदान गरिएको जानकारी दिएका थिए ।

कार्यक्रममा रुद्रपुर श्रोत केन्द्रका विद्यालय निरिक्षक हरि बहादुर विष्ट, सुर्यपुरा गाविसका सचिव टुकराज पाण्डे, रुद्रपुरका सचिव कृष्ण प्रसाद पन्थी, साडी गाविसका सचिव टेकराज अर्याल, स्ट्रोम फाउण्डेसनकी अनुगमन अधिकृत विजया गोदार, रुद्रपुर सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष चन्दा थापा लगायतले विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदा गरेका थिए । शैक्षिक समग्री स्टोमा फाउण्डेसन नेपाल र रुद्रपुर सामुदायिक वन उपभोक्ता समिति, युनाईटेड मिसन नेपालको सहयोगमा प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’