२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सुर्माभवानी जात्रा शुरु

२६ श्रावण २०७६, आईतवार १६:०६

साउन २६, दार्चुला । देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्माभवानीको जात्रा शुरु भएको छ । साउन महीनाको मान्य औँसीदेखि शुरु भएर दश दिनसम्म सो जात्रा विधिवत् रुपमा मनाइने गरिन्छ । दार्चुला र बझाङको सीमा क्षेत्रमा सो जात्रा लाग्ने गर्दछ । सुर्माभवानी जात्रा औँसीदेखि १७ दिन र रतेडीदेखि सात दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

अपी हिमाल गाउँपालिकाको घाजिर छेती हुँदै बझाङको सुर्मासरोवरको सीमासम्म सो जात्रा मनाइने गरिन्छ । उच्च हिमशङ्खलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्व रहेको पाइन्छ । चैतमा वर्णन भएको प्रसङ्गअनुसार पूर्णिमाकै दिन थारको भेषधारण गरेका सुर्माभवानी बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको उल्लेख छ । 

त्यही कारण सुर्मा तालमा अपी हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको इतिहासका जानकार तुङ्काधोज बोहरा बताउनुहुन्छ । सुर्मा सरोवर जात्रा छ हजार ५२३ मिटर उचाइमा गएर मनाइने गरिन्छ । 

जात्राका लागि क्षेत्त पुख्र्याैली घर भएका स्थानीय र घाजिर घर भएका समुदायका तीर्थालुले औँसीदेखि नै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नुपर्ने परम्परा छ । सुर्मासरोवर तीर्थ जाने व्रतालु भक्तलाई वीरे भनिन्छ । वीरे दुई प्रकारका हुन्छन् । जसमा पहिलो पटक जानेलाई बालो वीरे र पटक पटक गएकालाई बुढोवीरे भन्ने चलन छ । जसअनुसार सहभागी हुने छेती घर भएका ठेकरे, बोहरा, धामी, वैरे समुदायका भक्तजनलाई उवादेशी, घाजिर घर भएका स्थानीय भक्तजनलाई उनादेशी तथा खण्डेश्वरीभित्र बसोबास गर्ने, रोकाया, कार्कीलाई वाइदेशी भन्ने चलन छ । सुर्माभवानी जात्रामा सहभागी हुने भक्तजनलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु रक्सी जस्ता भोजन निषेध गरिएको छ ।  

जात्रालाई भव्य रुपमा मनाउन स्थानीय क्लब तथा सङ्घसंस्थालाई परिचालन गरिएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो । गाउँपालिकाले समेत जात्रा व्यवस्थापनमा सहयोग गरेको छ । विशेष जात्रा मनाइने भएको कारण छेती घाजिर बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्न गुरुयोजना निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष मन्याल बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला