२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि र युवराजलाई फेरि किन थपियो पाँच दिनको म्याद ? यस्तो छ कारण

२०७६, ३ भाद्र मंगलवार १७:०३

भदौ ३, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई फेरी पाँच दिनको म्याद थप गरि अनुसन्धान जारी गरिएको छ । मंगलबार चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश केशव अधिकारीको तीन नम्वर इजलासमा इजालासमा भएको बहसमा पाँच दिनको म्याद थप गर्ने विषयमा अदालतले अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले पक्राउ परेका लामिछाने र अन्य दुई जनासँग सोमबार वयान लिएको थियो ।

चितवन जिल्ला अदालतले प्रहरीले प्रस्तुत गरेका प्रमाणहरुका आधारमा थप अनुसन्धान गर्न योग्य छ भनी स्वीकार गरेपछि उनीहरुलाई थप पाँच दिनको म्याद थप गरिएको हो । यो बीचमा पोस्टमार्टमको पूर्ण प्रतिवेदन पनि चितवन पुगिसकेको छ । डिजिटल फरेन्सिक ल्याबबाट मृत्यु भएका शालिकराम पुडासैनीको मोबाइलबाट भेटिएको भनिएको भिडियोको रिपोर्ट पनि आएको छ । 

शालिकरामले नाइलनको डोरी किन्न गएको पसलको सिसिटिभी फुटेज प्रहरीले प्राप्त गरेको समाचार पनि आएका छन् । आरोपीहरुको बयान अनुसार थप अनुसन्धानका लागि समय चाहिने आधार अदालत सामु पेश गरेपछि अदालतले थप पाँच दिनको म्याद दिएको हो । वादी पक्षले थप १० दिनको म्याद माग गरेपनि अदालतले पाँच दिनको मात्र म्याद दिएको हो । 

अदालतले न्यायिक हिरासतमा पठाइसकेपछि यो मुद्दा सरकार वादी मुद्दा बनेको छ । अब अनुसन्धानका प्रत्येक पक्षमा सरकारी वकिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । प्रहरीको भूमिका भने त्यसपछि सहयोगी मात्र हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना