२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अग्नि पिडित शिशुलाई आर्थिक सहयोग

२०७६, ४ भाद्र बुधबार ०४:५७

चिसाङ शेर्पा | भदौ ४, खोटाङ | अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित शिशुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान अशारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रबिन राईको उचित शिक्षादिक्षा तथा पालनपोषणका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।

अमेरिका वसोवास गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका मिङमा शेर्पाको पहलमा ३० जनाबाट संकलित १ लाख १८ हजार ४ सय ५० रुपैयाँ सहयोग प्राप्त भएको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सन्जय कुमार राईले जानकारी दिए । शेर्पा संघ अमेरिकाका उपाध्यक्ष समेत रहेका शेर्पाले यायोक्खा उपाध्यक्ष राईको अनुरोधमा अति महत्वपुर्ण मानवीय सहयोगमा ऐक्यबद्धता जनाउदै अमेरिकावासी नेपालीहरुसँग संकलन अभियान चलाएका थिए । यस्तै, मानवीय सेवामा आगामी दिनहरुमा पनि खुलेर सहयोग गरिने शेर्पाले बताए ।

१० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न गएको बेला प्रबिन अगेनामा परेर गम्भिर घाईते भएका थिए । आगोले जलेको शिशुको कान्ती वाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भइरहेको छ । घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले सहयोगी मनहरुबाट संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए । शिशुका लागि स्वस्फुर्त रुपमा सहयोग जुटिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु